ताजा खवरहरु:

क्रुजमा नाच्दै गरे एडेलेडबासी नेपालीहरुले नेपाली नया-बर्षको सुरुवात (भिडियो हेर्नुहोला )

-मिलन दाहाल  20150414_000039१ बैसाख २०७२, एडेलेड- एडेलेडबासी नेपालीहरुले आफ्नो नया-बर्षको सुरुवात क्रुजमा डिजे रोजका साथमा  नाच्दै गरेका छन् । नेपाली पुरानो बर्षको अन्तिमदिन अर्थात् अप्रिलको १३ तारिकका दिन राती पोर्ट एडेलेडमा नेपालीहरुका निमित्त "पोर्ट प्रिन्स क्रुज" बुक गरिएको थियो । करिब रातको ९ बजे क्रुज बेतोड  म्युजिकका साथमा समुन्द्रतिर मन्द गतीमा बढेको थियो र त्यसमा सवार नेपालीहरुले खुलेर आफ्नो कम्मर मर्काएका थिए । के युवा, के वृद्द सबै त्यो "यो मन त् मेरो नेपाली हो...

” मा लट्ठ थिए । जब रातको १२ बज्यो, त्यसबेला आ-आफ्नो सैलिमा नेपालीहरुले सुभ-कामना साटेका थिए । त्यो तीन  घन्टाको अवधिभर पुरै नाच्ने युवा-युवतीको पनि कमि थिएन त्यहाँ । अन्तिम-अन्तिमतिर बजाइएको ‘रेशम फिलिली’ को ‘जालमा’ भन्ने गीतले माहोल पुरै तताएको थियो । त्यस समय आ-आफ्नो थकानलाई सम्पूर्ण बिर्सिएर सबै  नेपालीहरु  उफ्रिरहेका देखिए ।  १५० जनाको लागि व्यवस्था गरिएको उक्त क्रुज करिब भरिएको थियो ।

मनोरन्जनात्मक उक्त कार्यक्रममा मनोरन्जनका अलावा अन्य केही महत्वपुर्ण बिषयहरुमा छलफल समेत भएका थिए । छलफल खासगरी एडेलेडमा अवस्थित नेपाली समुदायको उत्थान तथा यहाँ कसरी आफ्नो अस्तित्व सुध्रिड बनाउने भन्ने बिषयमानै केन्द्रित थियो । कहिले भने NRNA को निर्वाचनका बारेमा समेत छलफल गर्न भएका थिए, धेरै बुज्रुकहरुको तर्क भने NRNA ले पनि साउथ अस्ट्रेलियामा नेपाली समुदायको हीतमा कार्यक्रमहरु ल्याउन सक्नुपर्ने रहेको थियो । फलस्वरूप,  NRNA को निर्वाचनलाई लक्षित गरि एउटा कमिटि आज गठन हुनसक्ने प्रवल सम्भावना छ ।

करीब दुइ बर्षपहिला सुरु भएको NRNA साउथ अस्ट्रेलियाले देखिनेगरी केही समय अघि भएको “नेपाल फेस्टिबल २०१५ ” को आयोजना मात्र गर्न सकेको थियो । विदेशीका लागि लक्षित हुनुपर्ने यस प्रकृतिका कार्यक्रमहरुपनि पुर्णरुपमा नेपालीहरुमामात्र सिमित हुनपुगेकोमा बौदिक जमातले चिन्ता ब्यक्त गरेका थिए ।

कार्यक्रमको आयोजना समाजसेवी  दिपक लामा लगायतका क्रियाशील नेपालीहरुको एक समुहले गरेको थियो ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading