ताजा खवरहरु:

साउथ अस्ट्रेलियामा नेपाली नर्सहरु एकीकृत हुदै

nurse-800x415एडेलेड-  नेपालमा राम्रो काम गर्ने पबित्र उदेश्य राखेर अस्ट्रेलियामा भएका नेपाली नर्स तथा मिड-वाइफहरुको समूह गठन भएको छ । अस्ट्रेलियाभरिका नर्स तथा मिड वाइफहरुलाई भविष्यमा समेट्ने बताइएको उक्त संगठनको सुरुवात भने साउथ अस्ट्रेलियाबाट भएको छ । (Australian Nepalese Nurses and Midwives’ Society नामको

उक्त संगठनमा सुरुवातमा निम्न पधादिकारी रहने बताइएको छ :
सल्लाहकार- गोविन्द राना
अध्यक्ष- डोल्कर गुरुङ
सचिब- मोति नरल
कोषाध्यक्ष- दिपिका पण्डित
संयोजक- संजय ठाकुर र
सदस्यहरुमा अन्जु केसी , नीमा शेर्पा , उषा गुरुङ , प्रेरेणा पाईजा , ईश्वर दाहाल

अस्ट्रेलिया नर्सहरुको गन्तब्य भएका कारणले धेरै नेपाली नर्सहरु आएका र उक्त समुहलाई संगठित गर्न सकिए स्थानीय नेपाली समुदाय तथा नेपाललाई पनि निक्कै फाइदा पुग्ने सल्लाहकार गोबिन्द रानाले बताउनुभयो । रानाले भन्नुभयो   ” हामीले यहाँ रहेका नेपाली नर्सिङ्ग पढ्दै गरेका विद्यार्थी भाई बहिनाहरु , यसै क्षेत्रमा काम गर्ने साथीहरुलाई एउटै संजालमा एकीकृति गरेर संगै अगाडी बढेमा शिपको आदान प्रदान , काम पाउने कुराहरु र अन्य केहि समस्या आएमा नि सस्थागत रुपले समाधान गर्न सकिन्छ त्यसैले हामीले यस सस्थाको परिकल्पना गरेका हौ । “

नर्सहरुले $५ तिरेर संस्थाको  सदस्यता लिन सक्नेछन भने बिद्यार्थीलाइ उक्त शुल्क लाग्ने छैन ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading