ताजा खवरहरु:

समाचार संकलन गर्न गएका पत्रकारमाथि लाठीचार्ज

jourभोजपुर , तीस दलीय मोर्चाद्वारा आयोजित तीन दिने आम हडतालको पूर्वसन्ध्यामा भोजपुर सदरमुकाममा निकालिएको राँके जुलुसको समाचार संकलन गर्न गएका पत्रकारमाथि समेत प्रहरीले लाठी प्रहार गरेको छ । प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते राजन राईको स्थानीय सिद्धकाली अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले जलुसमाथि लाठी चार्ज गरेपछि आन्दोलनकारीबीचको झडपको दृश्य

छायांकन गर्नेक्रममा पत्रकार राईमाथि प्रहरीले लाठी बर्साएको थियो । आफूलाई इमेज टेलिभिजनको पत्रकार भएको जानकारी गराउदा पनि लाठी प्रहार गरेको पीडित पत्रकार राईले बताए । अर्का पत्रकार गोरखापत्र दैनिकका पत्रकार अर्जुन बस्नेतमाथि समेत लाठी प्रहार गरेका थिए । पत्रकारले परिचय पत्र देखाउदासमेत लाठी प्रहार गर्नु स्वतन्त्र प्रेसमाथि प्रहार भएकोले भोजपुरका पत्रकारहरुले घटनाको घोर निन्दा र भत्र्सना गरेका छन् ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading