डेबिड क्यामरनले आफ्ना भोटरहरुलाइ धन्यबाद दिएका छन
९ मे २०१५, लण्डन- ब्रिटेनका नव निर्वाचित प्रधानमन्त्रि डेबिड क्यामरनले कन्जरभेटिभलाइ बहुमत दिइ जिताएकोमा आफ्ना भोटरहरुलाई धन्यबाद दिएका छन । निर्वाचन अवघिभरमात्र हैन, गएको पाँच बर्षभरिको समर्थन र सहकार्यका लागि, उनले भनेका छन ।
फेसबुकमार्फत घन्यबाद दिदै उनले थप लेखेका छन, “हामीले गएको ५ बर्षमा हाम्रो सुन्दर भबिष्यको जुन खाका कोरेका छौं, त्यसमा अव रंग भर्न हाम्रो पार्टीलाइ बहुमत प्राप्त भएको छ । हामी ब्रिटेनलाइ एउटा यस्तो ठाँउ बनाउन सक्छौ जहा काम र राम्रा काम गर्नेहरुलाई स्तरीय जीवन प्राप्त हुनेछ । हाम्रो घोषणापत्र ३० लाख कामका लागी तालिम लिइराखेकाहरुका लागी हो, शीसु स्याहारका लागि अझ राम्रो व्यवस्था गर्न, ३ करोड मान्छेको कर कटौति गर्न, अझ धेरै कामका अवसर सिर्जना गर्न हो, र भबिष्यमा युरोपमा बस्दा हाम्रो भबिष्य राम्रो हुन्छ कि नबस्दा छिनोफानो गर्ने हो ।”
५ बर्ष अघि घोर आर्थिक संकटमा फसेको युके र आज आर्थिक रुपमा सुद्रिढ भइसकेको बताउदै आगामी दिनमा संयुक्त अधिराज्यभित्रका राष्ट्रहरुको सम्बन्ध अझ राम्रो बनाएर लगिने बताए । जहाबाट आएका भएपनि भेदभाव नगरिकन देशका हरेक कुनामा स्तरीय जीवनको अवसर लगिने जसले युके लाई एक हुन अझ बढी बल प्रदान गर्ने बिशबास ब्याक्त गरेका छन ।
उनले कन्जरभेटिभको सदस्यता हालसम्म नलिएका हरुलाइ पनि सदस्यता लिएर ग्रेट ब्रिटेनलाई ग्रेट बनाइराख्न आव्ह्वान गरेका छन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस