चीनद्वारा नेपाललाई साढे १४ अर्ब अनुदान दिने घोषणा
वर्ष नेपाललाई सबभन्दा बढी अनुदान सहयोग घोषणा गर्ने राष्ट्र बनेको अर्थ मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।
चीनले नेपाललाई आगामी ५ वर्षमा उच्च शिक्षामा पन्ध्र सय कोटा छात्रवृत्ति उपलब्ध
गराउने भएको छ । राष्ट्रपति यादव र चिनियाँ समकक्षीबीच बोआओस्थित ‘स्टेट गेस्ट हाउस’ मा करिब आधा घण्टा वार्ता भएको थियो । दस वर्षपछि दुई मुलुकका राष्ट्रप्रमुखबीच भएको भेटवार्तामा अन्य सहकार्यका विषयमा समेत छलफल भएको थियो ।
नेपाल-चीन कूटनीतिक सम्बन्धको ६० औं वर्षगाँठलाई विशेष बनाउन पनि दुवै मुलुक सहमत भएका छन् । यादवले समकक्षी सीलाई नेपाल भ्रमणका लागि पठाइएको निम्तोबारे स्मरण गराउँदै हीरक महोत्सवका अवसरमा दुईपक्षीय उच्चस्तरीय भेटघाट हुनुपर्नेमा जोड दिएको परराष्ट्र मन्त्रालयका निमित्त सचिव शंकरदास बैरागीले बताए ।
‘उहाँ (चिनियाँ राष्ट्रपति) ले अनुकूल समयमा नेपाल भ्रमण गर्ने बताउनुभएको छ,’ उनले भने, ‘नेपाल संविधान निर्माणको प्रक्रिया यथासक्य छिटो टुंग्याई आर्थिक समृद्धिको दिशातर्फ अघि बढोस् भन्नेमा उहाँको चासो थियो ।’
नेपालको शान्ति, स्थायित्व र विकासमा चीनको समेत हित गाँसिएको बताउँदै राष्ट्रपति सीले नेपालको आर्थिक, सामाजिक विकासमा सघाउन आफ्नो देश सधैं तयार रहेको बताएका छन् । ‘चीनबाट यति ठूलो रकम सहयोग घोषणा हुुनु धेरै राम्रो हो,’ चीनका लागि नेपाली राजदूत महेश मास्केले भने, ‘नेपालको कृषि क्षेत्रको विकासका लागि प्राविधिक सहयोग उपलब्ध गराउनसमेत चीन इच्छुक देखिएको छ ।’
‘बोआओ फोरम फर एसिया (बीएफए)’ को वाषिर्क सम्मेलन उद्घाटन सत्रमा सहभागी हुन आएका राष्ट्रपति यादवले शनिबार बिहान विशेष सम्बोधन गरेका थिए । सम्बोधनमा उनले नेपाल बीएफएको संस्थापक सदस्य रहेको स्मरण गराउँदै यसले एसियाली मुलुकलाई नजिक ल्याउन विशेष भूमिका खेलेको बताए । क्षेत्रीय सहयोग मञ्चले यस क्षेत्रको नयाँ भविष्य कोर्ने उल्लेख गर्दै राष्ट्रपतिले साझा लक्ष्य प्राप्तिका लागि नेपालले सक्दो प्रयास र सहयोग गर्ने बताए ।
पूर्वाधार विकास, जलविद्युत्, कृषि, पर्यटन, सञ्चार प्रविधिलगायत क्षेत्र विदेशी लगानीका लागि नेपालका प्रमुख आकर्षण भएको उल्लेख गर्दै उनले चीन तथा अन्तर्राष्ट्रिय जगतलाई लगानीका लागि
आह्वान गरे । राष्ट्रपति यादवले बोआओ सम्मेलनमै अस्टि्रयाका राष्ट्रपति हेन्ज फिसर र स्विडेनका प्रधानमन्त्री स्टेफान लोभनसँग पनि साइडलाइन भेटवार्ता गरेका थिए ।
भेट दुईपक्षीय हितका विभिन्न विषयमा केन्दि्रत रहेका सचिव बैरागीले बताए । राष्ट्रपति यादव आइतबार त्यहाँबाट ल्हासा आउने कार्यक्रम रहेको छ ।
जुरेन राजकीय भ्रमण
यादवले राष्ट्रपतिको पद सम्हालेपछि पहिलो पटक सन् २०१० अक्टोबरमा चीनको मैत्रीपूर्ण सद्भावना भ्रमण गरेका थिए । सांघाई एक्स्पो समापन समारोहमा सहभागिताको निम्तो पाएका उनलाई त्यसबेला बेइजिङ पुग्ने अवसर जुरेन । तत्कालीन प्रधानमन्त्री वेन जियाबाओसँग समारोहस्थलमै शिष्टाचार भेटवार्ता गरेका उनलाई उपयुक्त समयमा राजकीय भ्रमण गर्न वेन स्वयंले निम्तो दिएका थिए । तर त्यसले यस पटकसमेत औपचारिकता पाउन सकेन ।
बोआओ सम्मेलनमै सहभागी हुन आएका श्रीलंकन राष्ट्रपति मैथ्रीपाला, इन्डोनेसियाली राष्ट्रपति जोको विडोडो, अर्मानियन राष्ट्रपति सर्ज सर्जियान लगायतले चाहिँ बेइजिङ पुगी समकक्षी सीसँग भेटवार्ता गरेका थिए । सीसँग बोआओमै भेट हुने र समय अभावका कारणसमेत राष्ट्रपति यादवलाई बेइजिङ भ्रमण गराउन प्रयास नै नभएको नेपाली दूतावास स्रोतको भनाइ छ ।
राष्ट्रपति यादवले दुई वर्षअघि चीनको कुनमिङमा आयोजित ‘साउथ एसिया एक्स्पो’ मा समेत सहभागिताको निम्तो पाएका थिए । तर समकक्षी सीसँग भेट निश्चित हुन नसकेपछि उपराष्ट्रपति
परमानन्द झाले सहभागिता जनाएका थिए । राष्ट्रपति बनेपछि पटक-पटक दिल्ली पुगेका यादवलाई चीनको राजकीय भ्रमण गर्ने अवसर अझै जुरेको छैन
कान्तिपुरमा खबर छ .
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस