ताजा खवरहरु:

केपी ओली र प्रचण्डबीच भेटवार्ता

FB_IMG_1427569318156सहमतिको कार्यतालिका बनाए आन्दोलन रोक्ने प्रचण्डको भनाइ
काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार बेलुका भेटवार्ता भएको छ । एमाओवादी अध्यक्ष प्रचण्ड चीन भ्रमणबाट आएलगत्तै दुई नेताबीच काठमाडौंको कोटेश्वरमा करिब एक घण्टासम्म भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुई पार्टीका शीर्ष नेताले आफ्ना पुरानै अडान दोहोर्‍याएका थिए । उपाध्यक्ष भीम रावलसहित एमाओवादी अध्यक्षसँग भेट गरेका अध्यक्ष ओलीले आफूहरु सहमतिकै पक्षमा रहेकाले आन्दोलन छाडेर सहमतिमा आउन प्रचण्डलार्इ आग्रह गरेका थिए ।

‘आन्दोलन नगर्गुस्, हामी अहिले पनि सहमतिकै पक्षमा छौं’, ओलीको भनाइ उधृत गर्दै एमाले उपाध्यक्ष रावलले भने अन्नपूर्ण पोस्ट्सँग भने, । ‘तर सहमतिका नाममा कहिलेसम्म मुलुकलाई अनिर्णयको बन्दी बनाउने ?’

वरिष्ठ नेता बाबुरा भट्टराईसहित भेटवार्ता गर्न पुगेका अध्यक्ष प्रचण्डले सहमतिका लागि पहिलेजस्तै कार्यतालिका बनाएमा आन्दोलन फिर्ता गर्न सकिने बताएका थिए । एमाओवादी स्रोतले भेटवार्ताका क्रममा एमाले अध्यक्ष केपी ओलीले आन्दोलन फिर्ता गर्न आग्रह गरेको जनाएको छ ।

‘ओलीले आन्दोलन फिर्ता गर्न भन्नुभयो’, प्रचण्डको भनाइ उधृत गर्दै एमाओवादी स्रोतले भन्यो, ‘आन्दोलन फिर्ता गर्ने हो सहमतिका लागि पहिले बनाएजस्तै कार्यतालिका बनाएर अघि बढ्ने हो भने आन्दोलन फिर्ता गर्न सकिन्छ ।’

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading