ताजा खवरहरु:

भिखारिहरुको बैंक

 झट्ट सुन्दा तपाईंलाई अप्ठेरो लाग्यो होला । शीर्षक पढेर ठान्नुभयो होला- यस्तो पनि हुन्छ र ?
यस्तै अनौठो भएको नेपालको सीमावर्ती भारतीय राज्य बिहारमा, जहाँ सडक र मन्दिर छेउँमा मागेर गुजारा चलाउने भिखारीले आफ्नै बैंक खोलेका छन् ।
Beggar
बिहारको गया शहरमा भिखारीहरुको एक समूहले आफ्नै बैंक खोलेको छ । भिखारीहरुले प्रर्बद्धन गरेको यो बैंकको संचालनसेत उनीहरुले नै गर्छन, ता कि गाह्रो पर्दा पैसा चलाउन सकुन् ।

गया शहरको ‘मा मंगलागौरी मन्दिर’मा आउने श्रद्धालुहरुको दानमा आश्रति रहने दजनौं भिखारीहरुले यतिबेला आफै बैंक खोलेका हुन् । बैंकको नाम ‘मंगला बैंक’ राखिएको छ ।
यो अनौंठो बैंकका ४० सदस्य मध्येका एक राजकुमार माझीले भने-‘यो सत्य हो कि हामीले आफ्नो लागि एक बैंक स्थापना गरेका छौं ।’
मन्दिरबाट झण्डै १०० किलोमिटर टाढाका माझीले भने-बैंकको प्रवन्धक, खजान्ची र सचिवका साथै एक एजेन्ट र बैंक चलाउनका लागि चाहिने सबै सदस्यहरु भिखारी नै छन् ।’ संयोग यो छ कि बैंकको प्रवन्धक माझी नै हुन् ।
बैंकको खातासहितका काम गर्न सक्ने शिक्षित माझीले भने-‘हामी हरेकले मंगलबार बैंकमा २० रुपैयाँ जम्मा गर्छौं, जुन साप्ताहिक रुपमा ८०० भारु हुन्छ ।’
बैंकका एजेन्ट विनायक पासवान हरेक साता सदस्यहरुबाट पैसा उठाउँछन र बैंकमा ल्याएर जम्मा गर्छन् । ‘ गत वर्ष निकै ठूलो आश र भिखारीहरुको अभिलासा पूर्तिका लागि हामीले यस्तो काम सुरु गरेका छौं ।’ बैंककी सचिव मालती देवी भन्छिन्-‘हामीलाई समाजमा अहिलेसम्म राम्रो व्यवहार भएन किनकी हामी गरीवभन्दा पनि महागरिव छौं ।’
बैंकमा धेरैभन्दा धेरै खाता खोल्न उनले भिखारीहरुसँग सम्पर्क बढाइरहेकी छन् । उनले भनिन्-‘बैंकका सदस्य यस्ता भिखारी छन्, जोसँग न त गरिवीको रेखामुनी रहेको भन्ने प्रमाण छ न त आधार नै ।

Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading