एनआरएनए अस्ट्रेलियामा आजिवन सदस्यले भोट हाल्न नपाउने
१३ जुलाई २०२५, सिड्नी- ग़ैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा सैंयौको संख्यामा रहेका आजिवन सदस्यहरु निर्वाचनमा मतदान गर्नबाट बञ्चित हुने भएका छन । संघको आजिवन सदस्यहरुले समेत हरेक बर्ष सदस्यता अद्यावधिक गर्नुपर्ने नियमका कारण र पछिल्लो समय अस्ट्रेलियाका सदस्यहरुको विवरणमा अस्ट्रेलिया बाहिरबाट समेत पहुच हुने व्यवस्था भएपछी सुचना चुहावट तथा दुरुपयोग हुने भयका कारण ठूलो संख्यामा रहेका आजिवन सदस्यहरुले सदस्यता अद्यावधिक गरेनन । तर एनआरएनए अस्ट्रेलियाले न त आजिवन सदस्यहरुको चासोलाई ध्यान दियो न त सुचना चुहावट नहुने विश्वास नै दिलाउन सक्यो । फलत: धेरैको संख्यामा आजिवन सदस्यहरु मतदानमा भाग लिनबाट बञ्चित हुने भएका हुन ।
सामान्यतया संघ सस्थाहरुमा आजिवन सदस्यहरुको विशेष सम्मान हुने गर्दछ र सामान्य सदस्यहरुभन्दा आजिवन सदस्यहरुको सेवामा पँहुचपनि बढी हुने गर्दछ । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले भने त्यसको ठीक उल्टो, सदस्यहरुले जम्मा पाउने उम्मेद्वार चुन्ने अधिकारबाट समेत आजिवन सदस्यहरुलाई बञ्चित गराएपछी आजिवन सदस्यहरु रुष्ट बनेका छन ।
ग़ैर आवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष रहिसकेका संघका आजिवन सदस्य केशव कडेलले समाजिक सञ्जाल फेसबुकमा संघलाई खुल्ला पत्र लेख्दै प्रकाशित मतदाता सुचीमा आफ्नो नाम नदेखेपछी करिव पन्ध्र सयको संख्यामा रहेका गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका आजिवन सदस्यहरु शूल्क तिरिसकेका र प्रमाणहरुसमेत उपलब्ध गराइसकेका कारण मतदानमा भोट हाल्न पाउने अधिकारबाट बञ्चित नगर्न ध्यानाकर्षण नै गराएका छन । कडेलले त वर्तमान अध्यक्ष र पदाधिकारीले लादेको आजिवन सदस्यहरुले हरेक बर्ष सदस्यता नबिकरण गर्नुपर्ने नियम आजिवन सदस्यताको अवधारणाको अवमुल्यन तथा अस्ट्रेलियाको कानुन अनुसार ‘गैर कानुनी’ रहेको दाबी समेत गरेका छन ।
ग़ैर आवासीय नेपाली संघ अस्ट्रेलियालाई तीन दिनको समयसीमा दिदै उक्त समयसीमा भित्रमा यो समस्याको उचित समाधान नखोजे आफू अस्ट्रेलियामा दर्ता रहेका समघसस्थाहरुलाई नियमन गर्ने निकाय अस्ट्रेलियन सेक्युरिटिज एन्ड इनभेस्टमेन्ट कमिशन (एसिक) मा उजुरी गर्ने समेत बताएका छन ।
ग़ैर आवासीय नेपाली संघ अस्ट्रेलियाले आगामी कार्यकालका लागी २६ जुलाईमा मतदान गराउने तयारीअनुरुप निर्वाचनका कार्यतालिका सार्वजनिक गरिसकेको छ । मतदाताहरुको सुची सार्वजनिक भइसकेको छ बने उम्मेद्वारी दर्ता गर्ने मिती १२ जुलाई सम्म रहेको थियो । १३ जुलाई अर्थात् आज संगको निर्वाचन समितिले उम्मेद्वारको सुची प्रकाशन गर्दैछ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस