एनआरएनए अस्ट्रेलियाको उम्मेद्वारी दर्ता गर्ने आज अन्तिम दिन
१२ जुलाई २०२५, अस्ट्रेलिया- ग़ैर आवासीय नेपाली संघ अस्ट्रेलियाको आगामी कार्यकालका लागी यही जुलाई २६ तारीखमा हुन गइरहेको निर्वाचनमा उम्मेद्वार बन्न ईच्छुकहरुका लागी उम्मेद्वारी दर्ता गर्ने आज अन्तिम दिन रहेको छ । निर्वाचनको उम्मेद्वार बन्न चाहनेहरुले सिड्नी समयअनुसार आज राती ११:५९ सम्म उम्मेद्वारीका लागी दरखास्त दिनु पर्नेछ । उम्मेद्वारहरुको दरखास्त भएपछी भोली निर्वाचन आयोगले उम्मेद्वारहरुको सुची प्रकाशन गर्ने छ । उम्मेद्वारहरु विरुद उम्मेद्वार बन्न नसक्ने कारण भए सो को दाबी १५ जुलाई सम्म गरिसक्नु पर्ने छ । त्यसपछी आयोगले उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गर्ने छ ।
संघको निर्वाचन गराउन गठित निर्वाचन आयोगले अनलाईन भोटिङमार्फत आगामी जुलाई २६ तारिखमा बिहान ७ बजेदेखी ६ बजेसम्म निर्वाचन गराउने छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस