ताजा खवरहरु:

मध्यपुर्वका नेपालीलाई भिडभाडमा नजान एनआरएनएको आग्रह

इज़रायल र इरानबीचको युद्धका कारण  समग्र मध्यपूर्व क्षेत्रको अवस्था संवेदनशील बनेको भन्दै उक्त क्षेत्रमा रहेका नेपालीहरूलाई सावानी अपनाउन एनआरएनए अन्तरास्ट्रिय समन्वय समितिले  अनुरोध गरेको छ । मंगलवार प्रवक्ता फणिन्द्र पन्तले एक विज्ञाप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन । एनआरएनएले त्यहा रहेका नेपालीहरुलाई  भिडभाड भएका सार्वजनिक स्थलहरूमा नजान,  आफ्नो परिवार, साथी तथा नियोग (NRNA, नेपाली दूतावास, स्थानीय संस्थाहरू) सँग निरन्तर सम्पर्कमा रहन,  सरकारले जारी गर्ने सूचना, निषेधाज्ञा, वा सुरक्षासम्बन्धी आदेशलाई प्राथमिकताका साथ पालना गर्न, राहदानी, परिचयपत्र, मोबाइल चार्जर, आवश्यक औषधि, खानेकुरा र पानीजस्ता सामग्री सधैं साथमा राखी  परेको अवस्थामा भाग्न तयार रहन,  आकस्मिक वा विषम परिस्थितिमा तुरुन्तै गैरआवासीय नेपाली संघ (NRNA) को एन सी सी वा नेपाली दूतावासमा सम्पर्क गर्न, गैरआवासीय नेपाली संघ (NRNA) को हटलाइन सेवामा सम्पर्क गर्न आग्रह गरेको छ ।
गैरआवासीय नेपाली संघले सम्पूर्ण नेपाली समुदायको सुरक्षा, सहजीकरण र मनोबल उच्च राख्ने प्रयास गर्दै आएको सनेत बताएको  छ । यस कठिन परिस्थितिमा निरन्तर सम्पर्कमा रहने प्रतिबद्धता जनाउँदै आपतकालीन अवस्थाहरूमा आवश्यक सहयोगका लागि सिधा सम्पर्क गर्न परेमा २४ सै घण्टा उपलब्ध रहने निम्न टेलिफोन नम्बरहरूमा समेत सार।बजनिक गरेको छ । ९८०१८६११२३, ९८०१८६११०६ , ९८०१८६११००

Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading