ताजा खवरहरु:

एनआरएनए निर्वाचन: न्यु साउथ वेल्समा टीम एकता

२४ जुन २०२५, सिड्नी- ग़ैर आबासीय नेपाली संघ अस्ट्रेलियामा चुनावी गर्मी बढैसँगै औपचारिक रुपमा उम्मेद्वारी दर्ता गर्नुअगाडी सामाजिक सञ्जालमार्फत उम्मेद्वारी घोषणा गर्ने क्रम शुरु भएको छ । जनसंख्याका हिसाबले अस्ट्रेलियाको सबैभन्दा ठूलो राज्य न्यू साउथ वेल्समा त ‘टीम एकता’ मार्फत सम्पुर्ण एउटै टीममा रहेर काम गर्न चाहने इच्छुक उम्मरद्वारहरुको टीम नै घोषणा गरिएको छ । ‘परिवर्तनका लागी टीम एकता’ भन्ने नाराका साथ उषा किरण बरीया राज्य संयोजकको उम्मेद्वार रहने गरि ७ जनाको टीम सार्वजनिक गरिएको हो । टीमको राज्य उपसंयोजकको उम्मेद्वार चन्दिका ओली ओडारी, सचिवका उम्मेद्वारमा प्रताप पन्थी, सह-सचिवका उम्मेद्वारमा बिजय घिमिरे, कोषाध्यक्षका उम्मेद्वारमा अनिल त्वानवसु, युवा संयोजक उम्मेद्वारमा रमेश सिंह र नारी निकुञ्ज संयोजक उम्मेद्वारमा सनिता लामा रहेका छन ।

टीम एकताले आफूहरुले जितेको खन्डमा संस्थामा जवाफदेहिता र पारदर्शितामा ध्यान दिने, बजेट निर्माणमा एनआरएका सदस्यहरुको समेत सहभागीता गराउने, युवाहरुलाई एनआरएनसँग जोड्ने, महिलाहरुलाई स्वास्थ, आत्मरक्षा लगायतका तालिमको व्यवस्था गर्ने नेपाली भाषा संस्कृति जोगाउने कार्यक्रमहरु गर्ने, व्यावसायी नेपालीहरुलाई जोड्ने, एनआरएनएमा आपतकालिन टास्कफोर्स बनाउने, प्रत्यक्ष सम्बादमार्फत प्रवासका प्रवुद्द बर्गलाई एनआरएनएसँग जोड्ने लगायतका छन ।

कतिपयले यसरी समुह बनाएर आउनुलाई नेपाली राजनितिको प्रभाव बताउने गरेपनि समुहका सदस्यहरुले भने समुह नै बनाएर जादाँ कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सहयोग हुने दाबी रहने गरेको छ । उनीहरुले समुहकै रुपमा न्य‍ू साउथ वेल्सका विभिन्न स्थानमा प्रचारका कर्यक्रमहरुसमेत राखेका छन ।

उता शिक्षा परामर्षदाताका रुपमा कार्यरत कोमल राज पाठकले समेत एनआरएन न्यू साउथ वेल्स  संयोजक पदमा उम्मेद्वारी दिने जानकारी नेपाल अस्ट्रेलिया समाचारलाई प्राप्त भएको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading