नेपाली समाज सनसाइन कोस्टको पहिलो वार्षिक साधारणसभा सम्पन्न
२२ जुन २०२५, सनशाइन कोस्ट, अष्ट्रेलिया – सनसाइन कोस्टमा रहेको नेपालीहरुको संस्था नेपाली समाज सनसाइन कोस्टले आफ्नो पहिलो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । कार्यक्रम २० जुन २०२५ , शुक्रबार भएको हो । साघारण सभा सनशाइन कोस्टको बडरिम भन्ने स्थलमा रहेको एक सभाहलमा आयोजना गरिएको थियो। साधारण सभामा नेपाली समुदायका फरक फरक क्षेत्रमा दख़ल राख्ने सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको नेपाली समाज सनसाइन ले बताएको छ । नेपाली समाज सनसाइन कोस्ट नेपाली समुदायको संस्थागत सुदृढीकरण, सामाजिक एकता र सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थापित गरिएको संस्थाका पधाधिकारीले बताएका छन ।
संस्थाको विधानअनुसार संस्थाको कार्यकाल २ बर्षको हुने प्रावधान छ । संस्थाको अध्यक्षमा यम कुँवर चुनिएका छन । यसैगरि सचिबमा विशाल शर्मा, सह-सचिवमा बबर पाण्डे, कोषाध्यक्षमा सुजना श्रेष्ठ, सांस्कृतिक संयोजकमा इन्केश महर्जन, खेलकुद संयोजकमा केशव बस्याल, युवा तथा विद्यार्थी संयोजकमा प्रवेश पोखरेल, महिला संयोजकमा कोपिला उपाध्याय, सामाजिक सञ्जाल संयोजकमा सोहन प्रजापति, स्वास्थ्य तथा मानसिक स्वास्थ्य सल्लाहकारमा ज्ञानु के.सी., ज्येष्ठ नागरिक प्रतिनिधिमा नारायण प्रसाद उप्रेती, कार्यक्रम व्यवस्थापकमा स्वस्तिक पोखरेल चयन भएका छन । संस्थाले छुट्टै कोष संकलन समितिसमेत गठन गरेको छ जसमा नम्रता राई, ईश्वर राई, शिव पौडेल, दीपिन सुवेदी र सिर्सक केसी रहेका छन । सदस्यहरुको नामावलि भने चाँडै सार्वजनिक गरिने संस्थाले जनाएको छ ।
समाजको मूल उद्देश्य नेपाली भाषा, संस्कृति, परम्परा तथा सामाजिक एकताको संरक्षण र प्रवर्द्धन गर्नु रहेको छ। समाजले समावेशी प्रतिनिधित्व, पारदर्शिता, महिला नेतृत्व, युवाको सक्रियता र ज्येष्ठ नागरिकको सम्मानलाई प्राथमिकतामा राख्दै दीर्घकालीन सामाजिक संस्थाको निर्माणमा समर्पित हुने प्रतिबद्धता जनाएको छ। निकट भविष्यमै समाजद्वारा विविध सांस्कृतिक, शैक्षिक, सामाजिक तथा खेलकुद गतिविधिहरू सञ्चालन गरिने जनाइएको छ। यस्ता कार्यक्रमहरूको विस्तृत विवरण क्रमशः सार्वजनिक गरिनेछ। नेपाली समाज सनशाइन कोस्ट (NSSC) ले सम्पूर्ण सनशाइन कोस्टस्थित नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गर्दै, आगामी योजनामा सबैको सक्रिय सहभागिता, सुझाव र सहकार्यको लागि आग्रह गरेको छ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस