एस ए हेल्थले अब उप्रान्त ‘कोभिड लिभ’ नदिने
२० जुन २०२५, एडिलेड- दक्षिण अस्ट्रेलियाको सरकारी स्वास्थ निकाय ‘एसए हेल्थ’ले आफ्ना कर्मचारीहरुलाई दिनेगरेको विशेष कोभिड बिदा दिन बन्द गरेको जनाएको छ । सन २०१९ मा कोभिड शुरु भएयता विभिन्न प्राईभेट, पब्लिक तथा सरकारी निकायहरुले आफ्ना कर्मचारीहरु (विशेष गरि स्वास्थसेवाका) लाई प्रोत्साहन स्वरुप ‘कोभिड विशेष विदा’ दिनेगरेका थिए ।
कोभिडको खोप विकाश र महामारी कम भएसँगै धेरैजसो संस्थाहरुले यो विदालाई हटाइसकेको भएपनि दक्षिण अस्ट्रेलियाको सरकारले आफ्ना स्वास्थ क्षेत्रका कर्मचारीहरुलाई यो बिदा उपलब्ध गराउँदै आएको थियो । स्वास्थ क्षेत्रका कर्मचारीले ‘कोभिड’ को संक्रमण भएको खण्डमा पाँच दिन बिदामा बस्नुपर्ने हुन्छ र यसरी बिदामा बस्दा अबउप्रान्त बिरामी बिदाको नै उपयोग गर्नुपर्ने छ । बिरामी बिदा नभएको वा अपुग हुने अवस्थामा सम्बन्धित संस्था, वा युनिटका प्रमुखले बार्षिक बिदा वा लामो समय सेवा गरेबापत पाइने ‘लङ सर्भिस लिभ’ बाट समेत बिदा घटाउन सक्नेछन । यसो गर्नुपरेको खण्डमा यसरी कोभिडका कारण विदामा बस्नुपर्ने कर्मचारीले आफ्नो संस्था वा युनिटप्रमुखलाई जानकारी गराउनुपर्ने हुन्छ । बिरामी विदा नभएको र कर्मचारीले प्रमुखलाई जानकारी नगराएको वा बार्षिक वा लामो बिदा बाट नकटाउन चाहेको खण्डमा वेतलबी बिदामा बस्नुपर्ने हुन्छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस