ताजा खवरहरु:

अमेरिकाको भर्जिनियामा ४ नेपाली मृत

७ जुन २०२५, अमेरिका- अमेरिकाको भर्जिनिया राज्यको मनसास पार्कको एक घरमा ४ जना मृत भेटिएको ख़बर छ । मनसान पार्कमा रहेको एक घरमा वेलफेयर चेकका क्रममा चार जना मृत भेटिएको मनसान पार्क प्रहरीले बताइको छ । शुक्रवार स्थानिक समयानुसार रातको १०:४० बजे प्रहरीले घरका चारै सदस्यलाई मृत भेटेका हुन। सबैलाई गोली लागेको पइएपछी प्रहरीले हत्यापछी आत्महत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गर्दै अनुसंधान प्रक्रियालाई अगाडी बढाएको छ । मृत भेटिएकामा ३८ बर्षीय सन्तोष परियाँ, ३६ बर्षीय अन्जु श्रेष्ठ र ८ र २ बर्षका दुइजना बालिका रहेको बताइएको छ ।

अमेरिकाको भर्जिनियाको मनसास पार्क त्यही ठाँउ हो जहाबाट एक नेपाली नर्स ममता काफ्ले सदा‍सदाका लागी हराइन र उनको हत्या अभियोगमा पति नरेश भट्ट जेल चलान भएका थिए ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading