अस्ट्रेलियामा कामदारको तलब बढ्दै
३ जुन २०२५, सिड्नी – अस्ट्रेलियामा कार्यरत लाखौं कामदारको तलब आगामी १ जुलाई २०२५ देखी बढ्ने भएको छ । अस्ट्रेलियाको कर्मचारीहरुको तलव सुविधा तथा कार्यस्थलको अधिकारहरु हेर्ने निकाय फ़ेयर वर्क कमिशनले कामदारको तलब बढाउन सिफारिश गरेपछी कामदारको तलब बढ्ने भएको हो । जुलाईबाट लागु हुने गरि कर्मचारीहरुको आधारभूत तलब ३ दशमलव ५ प्रतिशतले बढाउन कमिशनले सिफारिस गरेको हो । कर्मचारी युनियनहरुले कामदारको तलब ४ दशमलव ५ प्रतिशत बढाउन माँग गरेको भएपनी कमिशनले कर्मचारीलाई मुद्रा स्फितीमा सहज हुने तथा अस्ट्रेलियाको अर्थतन्त्रलाई समेत प्रतिकुल असर नगर्ने गरि कमिशनले तलब बढाउन सिफारिस गरेको हो । अस्ट्रेलियाको केन्द्रिय बैंकको तथ्याङ्क अनुसार हाल अस्ट्रेलियाको मूल्यबृद्दि औसत २ दशमलव ४ प्रतिशत रहेको छ ।
अस्ट्रेलियाको न्युनतम ज्याला हाल प्रतिघण्टा अस्ट्रेलियन डलर २४ दशमलव १० रहेको छ । जुलाई १ पछी कर्मचारीको न्युनतम तलव २४ दशमलव ९५ प्रतिशत हुने छ । जुलाई १ पछी न्युनतम तलव पाउने कामदारको तलव हप्ताको कमसेकमपनि अस्ट्रेलियन डलर ३० ले बढ्ने छ । तलवार बृद्दिपछी कामदारले हालको मुल्यबृद्दीबाट राहत महशुस गर्ने विश्वास गरिएको छ । माथिल्लो श्रेणीअनुसार तलव पाउने कर्मचारि को तलव सोही अनुपातअनुसार बृद्दी हुन्छ । तलवसँगै सुपर एनिएशनमा समेत बृद्दी भएको छ । १ जुलाई २०२५ पछी कामदारले तलवको १२ प्रतिशत सुपरएनुएशन बापतको रकम पाउनेछन ।
अवार्डमा तलब पाउने कर्मचारीको हकमा मात्र यो व्यवस्था लागु हुने छ । इन्टरप्राइज एग्रिमेन्ट लागु भएका कार्यस्थलबाट भने इन्टरप्राइज एग्रिमेन्ट अनुसार नै कर्मचारीले सेवा सुविधा पाउने छन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस