ताजा खवरहरु:

प्रचण्डको हत्या गर्ने योजना प्रभु साहले बनाए

वीरगन्ज : एमाओवादीका नेताहरुले पोलिटब्यूरो सदस्य प्रभु साहले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को हत्या गर्ने योजना बुनिरहेको खुलाशा गरेका छन्।
वीरगन्जमा शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य एंव सभासदहरु अशोक जयसवाल र सत्यनारायण भगतले साहले अध्यक्ष प्रचण्डको हत्या गर्ने योजना बुनिरहेको खुलाशा गरेका हुन् ।
पोलिटब्यूरो सदस्य साह नेता बाबुराम भट्टराई पक्षधर हुन् भने जयसवाल र भगत अध्यक्ष प्रचण्ड पक्षधर हुन्। सभासद एंव केन्द्रिय सदस्य जयसवालले भने ,केही समय यता अध्यक्ष प्रचण्डले आफु असुरक्षित भएको भन्दै आउनु भाको छ ,यसको कारक प्रभु साह पनि हुन् । जयसवालले जिल्लामा आफु सहितका केही नेताहरुको हत्याका लागि साहले  गिरोह नै परिचालन गरेको बताए ।

साह अपराधिक गिरोहका नाइके रहेको भन्दै उनले भने,‘प्रभु साह राजनीतिको खोल ओढेको अपराधिक गिरोहको सरदार नै हो ।२०६३ साल चैतमा भएको गौर हत्याकाण्डको मुख्य योजनाकार पनि साह नै रहेको भन्दै केन्द्रिय सदस्य जयसवालले साहकै निर्देशनमा वीरगन्जमा हिन्दु युवा संघका अध्यक्ष काशीनाथ तिवारीको पनि हत्या भएको जिकिर गरे ।उनले नेता बाबुराम भटटराइले संरक्षण दिएकाले पार्टी अध्यक्ष प्रचण्डले साहलाइ पार्टीका तर्फबाट कार्वाही गर्न नसकेको बताए ।
 साहलाई कार्वाही गर्न अध्यक्ष प्रचण्ड सहमत नै हुनुहुन्छ , जयसवालले भने ,‘तर खास मान्छे भएकाले बाबुराम उनको कभर भएर उभिएका छन्। पत्रकार सम्मेलनमा अर्का केन्द्रिय सदस्य एंव सभासद भगतले पार्टीका नेताहरुको हत्या गर्ने योजनमा साहको प्रत्यक्ष संलग्नता रहेको जिकिर गरे । गौर हत्याकाण्ड उनकै निर्देशनमा भएको भन्दै उनले भने ,‘प्रभु साहले नै जानाजानी एकै ठाँउमा फोरमसंग कार्यक्रम जुधाएर गौर नरसंहार मच्चाएका हुन् ।
प्रभु साहकै असमक्षता र षडयन्त्रका कारण संविधानसभाको दोश्रो निर्वाचनमा भोजपुरा क्षेत्रको १७ सिट मध्ये १५ सिटमा एकीकृत नेकपा माओवादीले चुनाव हारेको उनले बताए ।पत्रकार सम्मेलनमा एकीकृत नेकपा माओवादीका रौतहट जिल्ला इन्चार्ज विन्देश्वर राय यादवले साहलाइ कार्वाही गर्न पार्टी केन्द्रिय कार्य समितिसंग  माग गरे ।पार्टी नेतृत्वले साहलाइ कार्वाही नगरे बैशाखको पहिलो साता पछि रौतहटका जनताले प्रतिकार गरेर साहलाइ जिल्लाबाट लखेटने चेतावनी पनि उनले दिए ।
पत्रकार सम्मेलनमा एकीकृत नेकपा माओवादीका केन्द्रिय सल्लाहकार गणेश बस्नेत ,केन्द्रिय परिषद सदस्यद्धय रामानन्द महत्तो चन्दन र चन्द्रिका मुखिया लगायतका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो।

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading