ताजा खवरहरु:

एनडिआइएस व्यावसाय: सम्भावना र चुनौती

२९ मे २०२५ मा अस्ट्रेलियाको एउटा निकै ठुलो मानिएको ‘स्पेसलिस्ट डिसेबिलिटी एकोमोडेशन (SDA)’ सेवा प्रादायकलाई एनडिआइएसले अस्ट्रेलियामा अपाङ्गताको क्षेत्रमा सेवा प्रदान गर्न सधैंका लागी निषेध मात्र गरेन, यसका निर्देशकलाई समेत भविष्यमा कहिलेपनि यस क्षेत्रमा काम गर्न नपाउने गरि निषेघ गरिदियो ।

पछिल्लो समयमा एनडिआइएस (व्यावसाय) प्रति मानिसको आकर्षण बढ्दो छ । यसरी आकर्षित हुनेहरुमा नेपालीहरुको पनि उल्लेख्य संख्या रहेको छ । यसलाई इन्सुरेन्न स्किम अर्थात बीमा योजना भनिएको छ । पुराना सर्भिस प्रोभाइडरका संरचनालाई निरुत्साहित पार्न नेशनल डिसेबिलिटी इन्सुरेन एसोसिइसन (एनडिआइए) ले साना सर्भिस प्रोभाइडरहरुलाई प्राथमिकतामा राखेको छ । यसबाट केहीले राम्रै व्यावसाय पाएका छन र मानिसहरुको आकर्षण बढिरहेको छ । डिसेबिलिटी वारे जानकार मानिसहरु यसरी ‘सर्भिस प्रोभाइडर’ बन्न होमिनु स्वभाविक भएपनि पैसा कमाउने मोहमा अपाङ्गताबारे जानकारी शून्य मानिसहरुसमेत अरुको सिको गरि यस व्यावसायतर्फ होमिन शुरु गरेका छन । अवश्यपनि एउटा विकसित देशको राष्ट्र नै आर्थिक लगानिकर्ता भएको यस प्रणालीमा सम्भावना प्रवल छ । तर, अपाङ्गता र अस्ट्रेलियाको नियम कानुनको राम्रोसँग जानकारी नभइकन अरुको देखासिकी गर्दै यस क्षेत्रमा प्रवेश गर्नेहरुका लागी जीवन आगामी दिनमा कम चुनौतिपुर्ण छैन ।

एनडिआइएस ‘नेशनल डिसेबिलिटि सर्भिस स्किम’ को छोटकरी रुप हो । यो अस्ट्रेलियाको सरकारले अपाङ्गता भएका मानिसहरुलाई (पहिला) अस्ट्रेलियामा कायम रहेको ‘डिसेबिलिटी सेवा प्रादायक’ संस्थाहरुले प्रदान गर्ने भन्दा बढी ‘सेवा छनौट तथा जीवनमा नियन्त्रण’ को अधिकार होस भन्ने उद्देश्यले लागु गरिएको नयाँ सेवा प्रणाली हो । यस प्रणालीले अपाङ्गता सेवामा रहेका ठूला संस्थाका संगठनात्मक खर्चहरुलाई कटाउँदै, उक्त रकमलाई समेत (अपाङ्गता भएका) व्याक्तिको सेवा तथा जीवनको स्तरोन्नतिमा खर्च गरि अपाङ्गता भएका मानिसको जीवनमा अर्थपुर्ण परिवर्तन गर्ने उद्देश्य राख्दछ । अस्ट्रेलियामा सन २०१३ मा एनडिआइएसको अवधारणा शुरु भयो,  सन २०१६‍ देखी पुराना ढाँचाअनुसारको रकम वितरणलाई एनडिआइएस ढाँचा अनुरुप वितरण शुरु गरियो र सन २०२० सम्ममा अपाङ्गता भएका (एनडिआइएस अन्तर्गत सेवा प्राप्त गर्न) योग्य मानिसहरुलाई एनडिआइएससँग अनुबन्धित गरियो । हालसम्म आइपुग्दा अस्ट्रेलियमा अपाङ्गता भएका मानिसहरुलाई जीवनयापन तथा जीवनको स्तरीयता अभिवृद्दि गर्न सरकारको यसै संस्थामार्फत मात्र रकम प्रवाह गर्दछ । अर्को शब्दमा भन्दा ‘एनडिआइए’ समग्र रुपमा अपाङ्गता भएका मानिसहरुलाई आवश्यकता र सहायताको सेवाका लागी चाहिने रकम प्रदान गर्ने तथा अपाङ्गताको सेवा क्षेत्रलाई नियमन गर्ने निकायपनि हो । तपाईँ डिसेविलिटीमा काम गर्नु हुन्छ भने जानकारी होला सन २०१६ सम्म डिसेबिलिटी भएका मानिसहरुसँग काम गर्नका लागी अस्ट्रेलियाका राज्य सरकारका अपाङ्गता हेर्ने निकायले ‘डिसेबिलिटी क्लियरेन्स’ जारी गर्ने गर्दथे हाल तपाईँले य क्षेत्रमा काम गर्नका लागी ‘एनडिआइएस क्लियरेन्स’ का लागी आवेदन दिनुपर्ने हुन्छ र तपाईँको बिगतमा यस क्षेत्रका मानिसहरुसँग काम गर्दा कुनै समस्या नभएको र तपाई अस्ट्रेलियामा नयाँ हुनुभएको अवस्थामा यो क्लियरेन्स सहजै जारी हुन्छ । तर तपाईँले यस क्षेत्रमा बिगतमा काम गर्दा समस्या हुनगई ‘एनडिआइएस’ले छाननबिन गरेको अवस्थामा तपाईलाई कन्डिसनल क्लियरेन्स वा क्लियरेन्स नै जारी हुँदैन । यसको अर्थ तपाई अपाङ्गताको क्षेत्रमा काम गर्न योग्य हुनुहुन्न भन्ने हो ।

यस क्षेत्रमा काम गर्ने सोचमा हुनुहुन्छ भने अवस्यपनि सञ्चारमाध्यम तथा ‘एनडिआइएस’ को पोर्टल हेरिरहनुभएकै होला । २९ मे २०२५ मा अस्ट्रेलियाको एउटा निकै ठुलो मानिएको ‘स्पेसलिस्ट डिसेबिलिटी एकोमोडेशन (SDA)’ सेवा प्रादायकलाई एनडिआइएसले अस्ट्रेलियामा अपाङ्गताको क्षेत्रमा सेवा प्रदान गर्न सधैंका लागी निषेध मात्र गरेन, यसका निर्देशकलाई समेत भविष्यमा कहिलेपनि यस क्षेत्रमा काम गर्न नपाउने गरि निषेघ गरिदियो । अर्थात कोकुन ग्रुपले आगामी दिनमा अस्ट्रेलियाको अपाङ्गताको क्षेत्रमा कुनेपनि काम गर्न पाउने त छैन नै यसका डिरेक्टर मोहम्मद लातिफले कहिलेपनी ‘एनडिआइएस क्लियरेन्स’ प्राप्त गर्ने छैनन ।

सन २०१३ ताका अपाङ्गता सेवा प्रादायकहरुका लागी अपाङ्गता मैत्री घरहरु बनाउदै आएका लातिफले सन २०१६ मा एनडिआईएस लागु हुन थालेपछी प्रचुर सम्भावनाहरु देखे । अपाङ्गताप्रति न उनको लगाव थियो न जानकारी नै । पैसाका लागी घर निर्माण गर्ने गरेका लातिफले अपाङ्गता सेवाको व्यापारमा सेवा देखे । उनलाई अपाङ्गता मैत्री घरहरु बनाउन आउथ्यो । एनडिआइएस भर्खर शुरु भएको थियो । पुरानो संरचनाबाट नयाँ सरचनामा बदलिन नसकेका कतिपय संस्था बन्द भए । अर्को ठुलो चुनौती राज्य सरकारका अपाङ्गता हेर्ने निकायबाट अपाङ्गता भएका मानिसहरुलाई अन्य सेवा प्रादायक खोजेर सार्नु एनडिआइएसका लागी चुनौती थियो । पुराना संरचनाका घरहरु अपाङ्ग मैत्री थिएनन । नयाँ आवश्यकता अनुरुपका घरहरु बनाउन सक्ने कोकुन ग्रुपले अपाङ्गता सेवा प्रादायकका रुपमा समेत दर्ता भइ आफुले निर्माण गरेका घरमा आफैं अपाङ्गता भएका मानिसहरुलाई सेवा समेत शुरु गर्यो । सन २०२० बाट अपाङ्गता सेवा प्रादायक बनेको कोकुन ग्रुपले सन २०२४ सम्ममा अष्ट्रेलियाका सबै राज्यहरुमा आफ्नो सेवा विस्तार गर्दै २ सयभन्दा बढी घरहरुमा सेवा प्रवाह शुरु गर्यो । कोकुनको उदेश्य मानवीय सेवा थिएन । उसले त फाइदाका लागी व्यापार गरेको थियो । नयाँ शुरू भएको तथा नियमहरु समेत पुर्णरुपमा बनिनसकेको अवस्थामा कोकुन ग्रुपले एनडिआइएसलाई अस्ट्रेलिया सरकारको पैसा दोहन गर्दै आफ्नो फाइदा बढाउने अवशरका रुपमा उपयोग गर्न थाल्यो । यतिसम्मकि एनडिआइएसले मरिसकेका मानिसहरुलाई सेवा प्रदान गरेको भन्दै एनडिआइएससँग रकम लिएको प्रमाणहरु एनडिआइइसे फेला पार्यो र यस प्रादायकका सेवाहरुबारे सुक्ष्म अनुसन्धान शुरु गर्यो । स्तरिय सेवा प्रदान गर्नका लागी संस्था स्थापना गर्ने व्यक्तिमा सेवाको मर्म र सेवाभाव हुनुपर्छ । सेवाका लागी नभइ फाइदाका लागी सेवा प्रादायक बनेको यस प्रादायकको अन्य धेरै गल्तिकमजोरीहरु एनडिआइएसको क्वालिटी एन्ड सेफगार्डिङ कमिशनले फेला पार्यो । अनुसन्धान जारी रहेकै बेला ९ मे २०२५ बाट लागु हुने गरेर कोकुनको सेवा प्रदान गर्ने क्षमता स्थगन गरियो, उसले नविकरणका लागी दिइएको आवेदन अस्विकृत गरियो र ७ जुन २०२५ बाट लागु हुने गरि यस सेवा प्रादायक तथा यसका निर्देशकले भविष्यमा आफ्नो जीवनभर एनडिआइएसको सेवा प्रदान गर्न नसक्नेगरि निषेध गरियो ।

कोकुन ग्रुप एउटा उदाहरण मात्र हो । एनडिआइएसलाई दोहन गर्ने संस्थाहरुका बारेमा एनडिआइएस जानकार छ र यसले पछिल्लो समयमा संयन्त्रमा नै परिवर्तन गरि प्रषहरुको छानविनलाई तीब्र बनाएको छ । यस्ताखालका दोहनका घटना बढ्नथालेपछी सन २०२२ मा एनडिआइएसले ‘फ्रड फ्युजन टास्कफोर्स’ निर्माण गरेको छ जसको कामनै एनडिआइएस दोहन गर्नेहरुमाथि अनुसन्धान गरि तिनलाई कानुनी कठघरामा ल्याउनु हो ।

एकसाता अधिमात्र एनडिआइएस दोहन गर्ने साउदी अरेबियाकि एक महिलालाई १२ लाख डलर काम नगरिकन रकम दाबी गरेको ठहर गर्दै साढे तीन बर्षको जेल सजाय भएको थियो ।

सन २०२२ यताका ६३० भन्दा बढी यस्ता केसहरुमा ‘फ्रड फ्युजन टास्कफोर्स’ ले अनुसन्धान गरिरहेको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading