ताजा खवरहरु:

सिड्नीमा ‘आध्यात्मिक सांस्कृतिक कार्यक्रम’ हुँदै

कार्यक्रमको आयोजना  शनिबार अपह्रान्न १ः ३० देखि ३ः३० सम्म  हुदैछ । कार्यक्रमको मुख्य उद्देश्य अध्यात्मिकता र संस्कृतीलाई एकआपसमा जोडेर मानसिक स्वास्थ्य र सामुदायिक भाइचारा कायम गर्न सकिने सन्देश दिनु रहेको आयोजक संस्थाले जनाएको छ ।

३० मे २०२५, सिड्नी, – अस्ट्रेलियाको सिड्नीमा एक फरक सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । ‘संस्कृतीमा अध्यात्मिकताको पहिचान’ नाम दिइएको यस कार्यक्रम यही शनिबार सिड्नीस्थित हस्र्टभिलमा रहेको सिभिक थिएटरमा आयोजना हुने भएको हो ।

कार्यक्रमको आयोजना  शनिबार अपह्रान्न १ः ३० देखि ३ः३० सम्म  हुदैछ । कार्यक्रमको मुख्य उद्देश्य अध्यात्मिकता र संस्कृतीलाई एकआपसमा जोडेर मानसिक स्वास्थ्य र सामुदायिक भाइचारा कायम गर्न सकिने सन्देश दिनु रहेको आयोजक संस्थाले जनाएको छ । ब्रम्हकुमारी अस्ट्रेलियाको आयोजनामा अन्य सामुदायिक संस्थाको समन्वयमा हुन लागेको कार्यक्रममा नेपाली कलासंस्कृती झल्कने बिभिन्न सांगितिक प्रस्तुती आयोजना गरिने भएको छ । यसैगरि कार्यक्रमको माध्यमबाट अध्यात्मिक शक्तिले मानसिक र शारीरिक स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका बारेमा समेत चर्चा गरिनेछ । कार्यक्रममा नेपाली परम्पारगत तथा बिभिन्न जातजाती तथा भेषभुषाका संस्कृतीलाई समेट्ने गरि कार्यक्रम आयोजना गरिनेछ ।

सांस्कतिक कार्यक्रमको संयोजन गरिरहेका शिशिर बिक्रम थापा कार्यक्रममा मेडिटेसन, रुपक नाटिका, गीतसंगीत र नृत्यको तयारी भइरहेको जानकारी दिए । यसैगरि सिड्नीस्थित नेपाली ब्याण्ड आरम्भले समेत आफ्नो प्रस्तुती दिने भएको छ । कार्यक्रमको माध्यमबाट सांस्कृतिक सहभागिता र एकआपसको कलासंस्कृतीलाई प्रबद्धर्न गर्न मद्दत पुग्ने जनाइएको छ । संस्कृती र अध्यात्मिकता एकआपसमा जोडिएका र यि दुईको संयोजनले समग्र स्वास्थ्यमा सकारात्मक असर पुग्ने आयोजनकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रममा न्यु साउथ वेल्सका अवैतनिक वाणिज्यदुत संजीव शर्मा, एनआरएनए ओसिनिया संयोजक दिनेश पोखरेल, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, पूर्व अध्यक्षहरु नन्द गुरुङ, विष्णु हमाल, बिभिन्न समुदायका अगुवाका साथै बिभिन्न राज्यका प्रतिनिधिले समेत सहभागिता जनाउने छन् ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading