प्रवासी नेपाली मञ्चको नेतृत्वमा कुवर र महत
दक्षिण अष्ट्रेलिया- प्रवासी नेपाली मञ्च साउथ अष्ट्रेलियाको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । एभरेष्ट फङ्सन सेन्टरमा सम्पन्न दोस्रो अधिवेशनले अध्यक्षमा चन्द्र कुवरलाई चयन गरेको हो । यसैगरि उपाध्यक्षमा निलम महत चयन भएकि छन ।
अधिवेशनले प्रवासी नेपाली मञ्च साउथ अस्ट्रेलियाको आगामी कार्यकालका लागि २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको छ।
चयन हुने अन्य पदाधिकारीहरूमा सचिव विकास चापागाईं, उपसचिव धीरजङ खड्का, आर्थिक विभाग प्रमुख भोलाराम सुवेदी लगायत रहेका छन ।
वार्षिक रूपमा जनवरी १ मा ढाकाटोपी दिवस मनाउने गरेको प्रवासी नेपाली मञ्च साउथ अस्ट्रेलियाले विपद्मा परेका नेपालीहरूलाई सहयोग गर्नका साथै विविध सामाजिक कार्यक्रम समेत गर्नेगरेको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस