ताजा खवरहरु:

७ प्रकारका श्रीमती, तपाईकी कस्ती छिन् नि ?

तपाईँलाई थाहा छ पत्नी कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा पत्नीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटियो। भगवान गौतम बुद्ध आफैले सात किसिमका पत्नीहरुको बारेमा बयान गरेका हुन् ।

कुरा गौतम बुद्धले धर्म प्रचार गरिरहेको बेलाको हो । त्यस कालमा अनाथपिण्डिक नामका एक व्यक्ति थिए । उनी आफै, उनका छोरा र दुई छोरी साह्रै धर्मात्मा थिए ।

उनले आफ्ना छोराको बिहे सुजाता नामकी एक युवतीसँग गरिदिएका थिए । सुजाताको स्वभाव भने विपरीत। एक पटक
भगवान अनाथपिण्डिकको घरमा जाँदा कोलाहल मच्चिरहेको रहेछ। कारण सोध्दा अनाथपिण्डिकले भगवानलाई सबै बताइदिए । त्यसपछि भगवानले सुजातालाई बोलाई सात प्रकारका पत्नी बारे उपदेश दिएका रहेछन्। सात प्रकार यस्तो छः

१. बधक पत्नी
जो स्त्री आफ्ना पतिप्रति द्वेष भाव राख्छे, अहित चिन्तन गर्छे, परपुरुषप्रति आशक्त भएर पतिको अपमान गर्छे, पतिको धनका लागि पतिको वध गराउन पनि पछि पर्दैन, त्यस्ती पत्नी बधक पत्नी हुन्। यस्तो दुशील स्त्री मरणपछि नरक जान्छे।

२.चोरीसम (चोर) पत्नी
पतिले कमाएर दिएको धन मध्ये केही अंश लुकाउँछे। यस्ती स्त्री पनि मरणपछि नरक जान्छे।

३. आयासम (स्वामिनी) पत्नी
केही काम नगर्ने, अल्छी, धेरै खाने, कठोर वचन बोल्ने, नोकरचाकरलाई अपमान गर्ने।

४. मातुसम (आमा जस्ती) पत्नी
आमाले छोरोको हित चाहे जस्तै सँधै पतिको हित चाहने हुन्छे। प्राप्त धनलाई राम्रोसित सनुम्हालेर राख्छे। यस्ती पत्नी सदाचारयुक्त भएकीले मरणपछि स्वर्णलोकमा गएर सुख भोग गर्छे।

५. भगिनीसम (बहिनी जस्ती) पत्नी
पतिको सम्मान गर्ने, लज्जालु र पतिले भनेको मान्ने हुन्छे। यस्ती स्त्री पनि मृत्युपछि स्वर्गलोकमा जान्छे।

६.सखीभरिया (साथी जस्ती) पत्नी
पति देखेर प्रसन्न हुने, आफ्नो कुल परम्परा कायम गर्ने, शीलवती तथा पतिव्रता हुन्छे। यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।

७. दासीसम (दासी जस्ती) पत्नी
कहिल्यै नरिसाउने, शान्त स्वभावकी, दण्ड देखेर डराउने, पतिको कुरा मान्ने, सहनशील हुन्छे। यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।

सात प्रकारका पत्नीहरुको वर्णनपछि भगवानले सुजातासित सोधे, सुजाता, लोकमा यी सात प्रकारका पत्नीहरु छन्। यी मध्ये तिमी आफूलाई कुन प्रकारकी पत्नी मान्छौ ।

ल अब तपाईँ पनि भन्नुस्, तपाईँ महिला हुनुहुन्छ भने तपाईँ कस्ती पत्नी ? तपाईँ पुरुष हुनुहुन्छ भने तपाईँकी पत्नी कस्ती ?


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading