एडिलेडका सर्जकहरुको भजन ‘हे राम राम’ युट्युवमा
२ अप्रिल २०२५, एडिलेड- दक्षिण अस्ट्रेलियाको एडिलेमामा बसोबास गर्ने तीन जना युवा सर्जकहरुले सिर्जना गरेको नेपाली भजनको म्युजिक भिडियो युट्युवमा सर्वजनिक गरिएको छ । ‘हे राम राम’ शीर्षकको उक्त भजनको शब्द दक्षिण अस्ट्रेलिया निवासी सम्भु सुवेदी, क्षितिज सापकोटा तथा आरके शर्माले को रहेको छ । यसैगरि संगीत दीपकराज विश्वकर्मा तथा संगीत संयोजन सञ्जय श्रीपालको रहेको छ । भजनलाई नेपाल आइडलमार्फत आफ्नो पहिचान बनाएकि झापाली चेली रचना रीमालले गाएकी छन ।
भजनको भिडियोमा गायिका रिमाल तथा अन्य कलाकारहरूलाई समेत धार्मिक भेष-भुसामा देख्न सकिन्छ। भजनको भिडियोमा निर्देशन दीपकराज विश्वकर्मा, छायांकन दुर्गा श्रेष्ठ, सम्पादन तथा कलर ग्रेडिङ डिन्सन शाहले गरेका छन । आई क्याच स्टुडियोको पोस्ट-प्रोडक्सनमा तयार भएको यो भिडियोले दर्शकलाई आध्यात्मिक अनुभूति दिने सर्जक क्षितिज सापकोटा बताउछन छ। भिडियोलाई यो लिङ्कमा गइ हेर्न सकिन्छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस