बाल यौन दुराचारको आरोपमा अस्ट्रेलियामा नेपाली लाई १५ महिना जेल
जेलपछी डिपोर्ट हुनसक्ने
मिलन दाहाल
१२ मार्च २०२५, पर्थ- पर्थका एक बाल हेरचाहकर्मीका रुपमा कार्यरत एक नेपालीलाई आफ्नो हेरचाहमा रहेकी तीन वर्षीया बालिका यौन दुराचार गरेको अभियोगमा १५ महिनाको जेल सजाय भएको छ। बाल यौन दुराचारको अभियोगमा जेल सजाय पाएका प्रतिक भट्टराई नामका ति नेपाली ७ महिनाको सजायपछी जमानत बुझाएर जेलबाट निस्किन योग्य हुने छन ।
पर्थको जिल्ला अदालतका न्यायाधीश एलन सेफ्टनले प्रतिक भट्टराईलाई अभद्र व्यवहारको अभियोगमा दोषी ठहरिएपछि १५ महिनाको जेल सजाय सुनाइएको हो ।अपराधको समयमा २२ वर्षीय भट्टराईले बाल हेरचाह केन्द्रको घाँसे मैदानमा अन्य कर्माचारी तथा वालवालिकासँगै बसिरहेको बेला बालिकामाथि यौन दुर्व्यवहार गरेको बताइएको छ । बालिकाकी आमाको पीडित प्रभाव बयानमा तीन वर्षीया बालिकाले कसरी अपराधको बारेमा आफ्नी आमालाई बताइन् र कहिलेकाहीं घटनाबाट असहजताको कारण शौचालय जान समेत डरउने गरेको बताएकी थिइन । घटनापछी बालिकाकी आमाले आफुलाई चिन्ता र निद्रा नलाग्ने समस्या भएको समेत सुनाइन ।
सुनुवाइको शुरुवाति दिनमा प्रतिकले आफुमाथी लागेको आरोपको कडा रुपमा खण्डन गरेपछी अपराध नभएको सुझाइएको थियो । तर पछी पुन: छानबिन गर्दै जाँदा उनी दोषी पाईएपछी यसरी पुन: छनबिन गर्दाका दिनमा पीडितको परिवारलाई पर्न गएको चोटका बारेमा समेत समिक्षा गरिएको थियो । विस्तृत छानबिनपछी प्राप्त प्रमाणहरुको अवलोकन गर्दै जिल्ला अदालतका न्यायधिसले अपराधीले वाल हेरचाह कर्मचारीका रुपमा प्रतिकले पाएको शक्ति र विश्कोवासको दुरुपयोग गर्दै उक्त पदमाथीको विश्वासमा समेत उनले धब्बा लगाएको बताए ।
भट्टराइका वकिलले उनको बचाउमा भट्टराईका सकारात्मक कामको इतिहास, अपराध गर्नुअघि कुनै आपराधिक रेकर्ड नभएको र उनको पार्टनरले समेत राम्रो चरित्र भएको प्कोरतिक्रिया दिएको सन्दर्भ प्रस्तुत गरे । साथै प्रतिकका वकिलले ।प्रतिक नेपालमा जन्मेका र हुर्किएको तथा उनको वाल्यकाल निकै चुनौतिपुर्ण रहेको चर्चा गर्दै वावुले मदिरा सेवन गरि आमालाई पिट्ने गरेको देखेका कारण प्रतिकमा त्यसको प्रभाव रहेको हुनसक्ने भन्दै प्रतिकमा आपराधिक प्रवृत्ति नरहेको दाबी गरेका थिए । तर, न्यायाधीशले ती कारकहरूलाई ध्यानमा राखेको तर अपराधको गम्भीरताका कारण तुरुन्तै जेल सजाय हुनुपर्ने बताउँदै १५ महिनाको जेल सजाय सुनाए । जेल सजायपछी उनी डिपोर्ट हुने सम्भावना प्रवल रहेको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस