ताजा खवरहरु:

दोस्रो नेपाल फेस्टिभलको संघारमा तास्मानिया, ५ हजार दर्शकको अपेक्षा

६ हजारको हाराहारीमा मात्र नेपालीहरू रहेको तास्मानियामा सन् २०२२ मा पहिलो पटक नेपाल फेस्टिभल आयोजना भएको थियो ।

मिलन दाहाल

मार्च २०२५, तास्मानिया-  एनआरएनएले तुलनात्मक रूपमा नेपाली भाषीहरूको संख्या अत्याधिक रहेको अस्ट्रेलियाको हिमाली राज्य तास्मानियामा आगामी मार्च २९ तारिखका दिन हुने ‘नेपाल फेस्टिभल’ नजिकिँदै गर्दा कार्यक्रमको तयारीलाई तीब्र बनाएको छ । तास्मानियामा आयोजना हने नेपाल फेस्टिभल बिगतमा उक्त कार्यक्रम भएको स्थल अर्थात ‘पार्लियामेन्ट लन’ मा नै हुने आयोजकले बताएका छन ।

‘नेपाल फेस्टिभल’ नेपालीहरूलाई एकीकृत गर्दै स्ट्रेलियामा नेपाली कला, संस्कृति, सङ्गीत, परम्परा र पहिचानलाई प्रवर्द्धन गर्ने आयोजक संस्थाको सबैभन्दा ठुलो कार्यक्रम हो ।  आयोजक एनआरएनए तास्मानियाका गणेश थपलियाका अनुसार ‘नेपाल फेस्टिभल’ अस्ट्रेलियामा नेपाली कला, संस्कृति, सङ्गीत, परम्परा र पहिचानलाई प्रवर्द्धन गर्ने राम्रो अवसर हो ।

६ हजारको हाराहारीमा मात्र नेपालीहरू रहेको तास्मानियामा सन् २०२२ मा पहिलो पटक नेपाल फेस्टिभल आयोजना भएको थियो ।कार्यक्रममा कन्दरा ब्यान्ड,  गायिका समीक्षा अधिकारी, उदय श्रेष्ठ, युवराज चौलागाईं लगायत स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने छ ।

कार्यक्रममा तास्मानियाका राजनीतिकर्मीहरू, बहुसांस्कृतिक विभागका पदाधिकारी तथा  अन्य समूदायका अगुवाहरुलाई नेपाली संस्कृतिको स्वाद चखाउदैँ नेपाली समुदायको पहिचान प्रवर्द्धन गर्ने एनआरएनए तास्मानियाको लक्ष्य रहेको छ ।

तास्मानियाका प्रिमियर, अष्ट्रेलियाका लागि नेपाली राजदूत, तास्मानियाका विपक्षी नेताहरू, राज्य मन्त्रीहरू, सिटी काउन्सिलका मेयरहरू, अन्य राज्यका एनआरएन नेताहरू तथा विशिष्ट अतिथिहरू नेपाल फेस्टिभलमा सहभागी हुने बताइएको छ  ।

‘नेपाल फेस्टिभल’ लाई नेपालीहरूलाई एकिकृत गर्दै यहाँस्थित अन्य समुदाय तथा दोस्रो पुस्ताका नेपालीलाई नेपाली कला, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने एक महत्त्वपूर्ण अवसरका रूपमा लिने गरिन्छ ।

यस वर्ष ‘नेपाल फेस्टिभल’ मा ५ हजारभन्दा बढी बढी दर्शक उपस्थित गराउने एनआरएनएको लक्ष्य रहेको छ । सोही अनुरूप एनआरएनएले कार्यक्रमको तयारीलाई तीब्रता दिइरहेको हो ।

 

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading