एन्जा सदस्यहरूलाई नेपाली राजदूतावासको न्यानो स्वागत
२१ फेब्रुअरी २०२५, क्यानबेरा- अस्ट्रेलियाको नेपाली राजदूतावासले आफ्नो वार्षिक साधारणसभाको क्रममा क्यानबेरामा भेला भएका नेपाली पत्रकारहरूलाई स्वागत गरेको छ । नवनियुक्त राजदूत चित्रलेखा यादवले क्यानबेरामा भेला भएका पत्रकारहरूलाई दिवाभोजको आयोजना गर्दै स्वागत गरिन । दिवाभोजको आयोजना स्थानीय ‘द मुस्ताङ नेप्लिज रेष्टुरेण्टʼ मा आयोजना गरिएको थियो । कार्यक्रमको सिलसिलामा नेपाली राजदूत चित्रलेखा यादवले आफ्नो अनुभव सुनाउदैँ स्वयंसेवकका रूपमा अस्ट्रेलियाको नेपाली समुदायलाई सचेत बनाउन सहयोग गरेकामा धन्यबाद दिइन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस