फ्लिन्डर्स र बुमरेङ्ग नेपाल फेस्टिवलको मुख्य प्रायोजक
६ फेब्रुवरी २०२५, एडिलेड- गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अस्ट्रेलियाले आयोजना गर्न लागेको ‘नेपाल फेस्टिवल’ को २०२५ संस्करणको मुख्य प्रायोजन दक्षिण अस्ट्रेलियामा बहुसंख्यक नेपालीहरुले अध्यायन गर्ने गरेको फ्लिन्डर युनिभर्सिटी तथा आशिष वाग्लेद्वारा सञ्चालिय कन्सल्टेन्सि ‘बुमरेङ्ग इन्टरनेसनल’ले संयुक्त रुपमा गर्ने भएका छन । बुधवार ग्लेन्डोरमा रहेको फ्रेस चुलो रेस्टुरेन्टमा भएको पत्रकार सम्मेलनको क्रममा कार्यक्रमका संयोजक समेत रहेका एनआरएनए दक्षिण अस्ट्रेलिया सञ्जय पुरीले जानकारी दिए । पुरीले फ्लिन्डर युनिभरसिटीले नेपाली समुदायको कार्यक्रमलाई प्रायोजन गर्नु आफैंमा गर्वको बिषय भएको बताए ।
यसैगरि, एनआरएनए साउथ अष्ट्रेलिया उप-संयोजक समेत रहेका र ‘नेपाल फेस्टिवल २०२५’ को व्यवस्थापन संयोजन गरिरहेका बिनोद बाँनियाले सन् २०१५ बाट दक्षिण अस्ट्रेलियामा नेपाल फेस्टिवल मनाउन शुरुवात गरिएको स्मरण गर्दै सन २०२५ सम्म आइपुग्दा कार्यक्रमको आयोजना गर्न सबैतिरबाट प्राप्त हुने सहयोगका कारण सहज हुन थालेको आफुहरुले महशुस गरेको बताए । साथै बाँनियाले नेपाली खानाका लागी छुट्याइएका ११ वटा स्टलहरु बुकिङ खुला गरेको एक हप्ता नहुँदै बिक्रि हुनुले एकातर्फ दक्षिण अस्ट्रेलियामा नेपाली खानाको प्रवर्दनमा खाना व्यावसायीहरुको देखाएको तदारुकता झल्केको र अर्कोतर्फ एनआरएनएको नेपाल प्रवर्दनको प्रयासमा समुदायले गरेको हातेमालोको उदाहरण भएको भन्दै यसरी खानाका स्टलहरुको बुकिङ समयमै गरि सहयोग गर्नेहरुलाई धन्यवाद समेत दिए । बाँनियाले खानाका स्टलहरुको बुकिङ भइसकेपनी नेपाल फेस्टिवलमा ५० भन्दा बढी स्टलहरु राख्ने योजनाका साथ तयारी भैरहेको हुँदा, स्टलहरुका लागी सम्पर्क व्याक्तिहरुलाई यथासीघ्र सम्पर्क गर्न आग्रह गरे ।
कार्यक्रममा स्टेज व्यवस्थापनका स्टेज व्यवस्थापन उपसमिति संयोजक देवराज कंडेलले, परेड व्यवस्थापन संयोजक सुरेन निरौलाले, स्वयंसेवक व्यवस्थापन संयोजक चेवन अधिकारी, मिडिया व्यवस्थापन संयोजक तथा एन्जा महासचिव नारायण खड्का लगायतले आ-आफ्नो उपसमितिमा तयारीका सम्बन्धमा हुँदै गरेका प्रगतिहरुबारे जानकारी गराए ।
कार्यक्रमको मुख्य प्रायोजक मध्येका एक बुमरेङ्ग इन्टरनेशनलका आशिष वाग्लेले शुरुवातकाल देखी एनआरएनएसँग सहकार्य गरेर नेपाल फेस्विवलमा सहभागी भएको स्मरण गर्दै आफुले व्यावसाय पाएको समुदायका लागी केही गर्न पाँउदा खुसी लाग्ने गरेको बताए ।
कार्यक्रममा नारी निकुञ्ज अस्ट्रेलियाकि पुर्व संयोजक तथा दक्षिण अस्ट्रेलियाको मल्टिकल्चरल आयोगकि सदस्य मञ्जु खड्का, वारिपरिङ्गा काउन्सिलकि कान्सिलर रेनुका लामा, एनआरएनए दक्षिण अस्ट्रेलियाका पुर्व संयोजकहरु रमेश जोशी, नविन कडेल, नविन पन्तलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन एनआरएन दक्षिण अस्ट्रेलियाका सचिब गणेश पराजुलीले गरेका थिए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस