ताजा खवरहरु:

अस्ट्रेलियामा घट्न थाल्यो घर जग्गाको मुल्य

अस्ट्रेलियाका चारवटै ठूला बैङ्कहरुले अस्ट्रेलियाको केन्द्रीय बैङ्कको फेब्रुवरी १७-१८ मा हुने बैठकले नगदको ब्याजदरमा कटौती गर्ने प्रक्षेपण गरेका छन ।

२ फेब्रुवरी २०२५, एडिलेड- कोभिडपश्चात लकडाउन खुलेयता नितन्तर रुपमा उकालो लागिरहेको अस्ट्रेलियाको घर जग्गाको मुल्य आोरालो लाग्ने क्रम शुरु भएको छ । २०२४ को डिसेम्बरमा ०.१७ प्रतिशतले घटेको अस्ट्रेलियाको घरजग्गाको मुल्य जनवरीको अन्त्यमा पुन ०.०८ प्रतिशतले घटेको पाईएको छ । यद्यपि, मार्च २०२० को तुलनामा अस्ट्रेलियामा घरजग्गाको मुल्य ४५ प्रतिशतले बढी रहेको छ ।

अस्ट्रेलियाका चारवटै ठूला बैङ्कहरुले अस्ट्रेलियाको केन्द्रीय बैङ्कको फेब्रुवरी १७-१८ मा हुने बैठकले नगदको ब्याजदरमा कटौती गर्ने प्रक्षेपण गरेका छन । अस्ट्रेलियाको केन्द्रीय बैकंले प्रक्षेपण गरेको भन्दा वास्तविक मुद्रास्फिती कम रहेपछी नगदको ब्याजदर घट्ने सम्भावना थप बढेको छ ।

पर्थमा अझैपनि घरजग्गाको भाउ घटेको छैन भने एडिलडमा रास्ट्रिय औसतकै अनुपातमा ०.०७ प्रतिशतले घटेको पाईएको छ । होवर्ट, मेलवर्न र सिड्नीमा क्रमश ०.४६, ०.३ र ०.२३ प्रतिशतले जनवरीको अन्त्यमा घरजग्गाको भाउ घटेको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading