अस्ट्रेलियाको भिसा ५० प्रतिशतले अस्वीकृत
अष्ट्रेलियालको विद्यार्थी भिसा प्राप्त गर्नु अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि महत्त्वपूर्ण कोसेढुङ्गा हो, तर प्रक्रिया जटिल हुन सक्छ। तर अस्ट्रेलियाको विद्यार्थी भिसा प्राप्त गर्न त्यति सहज भने छैन । सन २०२३ को तथ्यांक हेर्ने हो भने पचास प्रतिशतको हाराहारिमा विद्यार्थी भोसाका आवेदनहरु अश्विकृत भएको देखिन्छ । भिसा अस्वीकृतिको किन बयो भन्ने बुझेर र आउनसक्ने समस्याहरूलाई कसरी सम्बोधन गर्ने भन्ने कुरा बुझ्नु भिसा आबेदन सफल पार्नका लागि महत्त्वपूर्ण छ। सानातिना त्रुटि वा गलत जानकारीका कारण पनि धेरैका भिसा अस्वीकृत भएको पाईएको छ । भिसा अस्वीकृत हुने जोखिमको न्युनिकरण गर्नका लागी भिसा आवेदनहरु किन अश्विकृत भैरहेका छन भन्ने बुझ्न जरुरी हुन्छ ।
सन २०२३-२४ लाई हेर्दा मुख्यत: भिसाहरु शैक्षिक योग्यताहरु नपुगेका कारण छन । पढ्न चाहेको बिषयका लागी आफुले हासिल गरेको योग्यता उपयुक्त हो कि होइन निश्चित नगरिकन भिसा आवेदन गर्दा आवेदनहरु अश्विकृत भएका छन । साथै, विश्वबिद्यालयहरुका आ-आफ्ना मापदण्डहरु रहेका हुन्छन । भिसा आवेदन गर्नुपुर्व विस्वविद्यालयका मापदण्डहरुका बरेमा जान्नु पर्दछ । तपाई आफ्नो अध्यायनको कुनै क्षेत्रमा कमजोर हुनुहुन्छ भने किन कमजोर हुनुहुन्छ बन्ने कुराको तार्किक स्पस्टिकरण दिनुपर्ने हुन्छ ।
यसैगरि, पढाइ सकेपछी तपाई फर्कने आधारहरु समेत तपाईले स्पस्ट पार्न सक्नुपर्दछ । तपाई आफ्नो देशमा किन अस्ट्रेलियामा पढ्न चाहेको बिषय पढन सक्नु वा चाहनुहुन्न, तपाईले भविष्यमा गर्न चाहेको काम र तपाईले पढन चाहेको बिषयबिचको तालमेल, तपाईको बिगतको आप्रवासन इतिहास, पढाइमा कुनै ग्याप भएको भए त्यसको चित्तबिझ्दो जवाफ, तपाईको अंग्रेजी भाषाको दक्षता, पढाइ तथा खानेबस्ने खर्चको चित्तबुझ्दो स्रोत र अस्ट्रेलियाको आप्रवासन नियमहरुको पालना गर्ने प्रतिवद्दताहरु स्पस्ट नहुदा समेत धेरै भिसाहरु अस्वीकृत भएका देखिन्छन ।
अत: समग्रमा अस्ट्रेलियाको विद्यार्थी भिसा पछिल्लो समयमा कठिन भएकै हो । तैपनि, शैक्षिक रुपमा अब्बल विद्यार्थीहरुले नियमहरुको पालना गर्दै भिसा आवेदन दिएका स्विकृत हुने सम्भावना अझैपनि कम छैन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस