ताजा खवरहरु:

बार्बिक्यु गर्दै रास्वपा साउथ अस्ट्रेलिया

रास्वपले वर्तमानमा नेपालको परिवर्तनको नेतृत्व गरिरहेको छ भविष्यमा यसलाई अझ प्रभावकारी ढङ्गले अगाडी लैजान प्रवासमा रहेका मानिसहरुको भूमिका समेत अहम रहने हुनाले साउथ अस्ट्रेलियामा रहेका समान सोचका मानिहरुलाई जोड्न यो कार्यक्रमको आयोजना गरिएको हो।

२६ जनवरी २०२५, एडिलेड- नेपालमा वैकल्पिक शक्तिका रुपमा उदाँउदै गरेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिको आकर्षण प्रवासमा पनि त्यत्तिकै छ । अस्ट्रेलियामा हालसम्म तीनवटा राज्यहरुमा यसका प्रवास सम्पर्क समितिहरु खुलिसकेका छन । न्यु साउथ वेल्स, साउथ अस्ट्रेलियापछी हालसालै क्यानवेरामा समेत रास्वपाको प्रवास सम्पर्क समितिहरु खुलिसकेको छ । सम्पर्क समिति खुलेसँगै समितिलाई समान उदेश्य हुनेहरुसम्म पुर्याउन समेत सम्पर्क समितिहरुले शुरु गरेका छन । यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी सम्पर्क समिति साउथ अस्ट्रेलियाले समान उदेश्य भएकाहरुलाई एकतृत गर्ने उद्देश्यले बार्बिक्यु कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम सिटी नजिकैको बनिथन पार्कमा ८ फेब्रुवरी २०२५ का दिन अपह्रान्न ४ बजेदेखी ८ बजेसम्म आयोजना गरिएको छ ।

“नेपालमा रास्वपा बैकल्पिक शक्तिका रुपमा उदाएको सबैलाई थाहै छ । रास्वपले वर्तमानमा नेपालको परिवर्तनको नेतृत्व गरिरहेको छ भविष्यमा यसलाई अझ प्रभावकारी ढङ्गले अगाडी लैजान प्रवासमा रहेका मानिसहरुको भूमिका समेत अहम रहने हुनाले साउथ अस्ट्रेलियामा रहेका समान सोचका मानिहरुलाई जोड्न यो कार्यक्रमको आयोजना गरिएको हो।” रास्वपा सम्पर्क समिति साउथ अस्ट्रेलियाका लोकेश भन्डारीले नेपाल अस्ट्रेलिया समाचारसँग भने ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading