ताजा खवरहरु:

दक्षिण अस्ट्रेलियाको ‘परेड’मा नेपाली समुदायको बलियो उपस्थिति

एडिलेड नेपाली समाजको नेतृत्व

पछिल्लो समय ‘अस्ट्रेलिया डे’ लाई अष्ट्रेलियाको आधिकारिक राष्ट्रिय दिवशका रूपमा मनाइने गरिएको छ ।

२७ जनवरी २०२५, एडिलेड- एडिलेड नेपाली समाजको नेतृत्वमा दक्षिण अस्ट्रेलियाको नेपाली समुदायले यसपटकपनि ‘अस्ट्रेलिया डे’ परेडमा सहभागीता जनाएको छ । सन २०१२ मा गठन भएदेखी नै एडिलेड नेपाली समाजले नेपाली समुदायको प्रतिनिधित्व गर्दै ‘अस्ट्रेलिया डे’ परेडमा सहभागिता जनाउने गरेको छ । नेपाली पोशाकमा साधारण नेपाली बाजागाजाहरुका साथ नेपाल र नेपाली संस्कृति बारे चिँनाउदै आएको नेपाली समुदाय दक्षिण अस्ट्रेलियामा पञ्चेबाजा भित्रिएदेखी थप

आकर्षणको केन्द्र बन्ने गरेको धारणा राख्छन बिकाश शर्मा पोखरेल । विगतदेखी नै ‘अस्ट्रेलिया डे परेड’ सहभागिता जनाउदै आएका पोखरेल भन्छन, ” नेपालको आदीकालिन पञ्चेबाजा पछिल्लो समयमा दक्षिण अस्ट्रेलियामा यँहाको बहुसांस्कृतिक समुदायमा आकर्षणको केन्द्र बन्ने गरेको त छ नै, हामी सहभागीहरुमा समेत एकखालको आत्मविश्वास बढाउन सहयोग गरेको छ ।”

दक्षिण अस्ट्रेलियामा शहरको केन्द्रबाट बिभिन्न आफ्नो पहिचानका झाकिँसहित साउथ अष्ट्रेलियामा बसोबास गर्ने बहुसांस्कृतिक समुदाय टोरेन्स नदीको किनारमा अवस्थित एल्डर पार्क सम्म पुग्ने गर्दछन । ‘एल्डर पार्क’ बिभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्दै अन्त्यमा अतेशवाजी गर्दै ‘अस्ट्रेलिया डे’ मनाइने गरेको छ । पहिले पहिले सहभागिको संख्या निर्धारण नगरिएकाले जतिपनि सहभागिता जनाउन सकिने भएकोमा दक्षिण अस्ट्रेलियाको परिवर्तित अवस्थाअनुसार हरेका समुदायका सदस्यहरुको संख्यामा बृद्दि भएका कारण ‘अस्ट्रेलिया डे काउन्सिल’ ले नै सहभागि संख्या निर्धारण गरेकाले आफुहरुले पनि सिमित संख्यामा नै सहभागी लैजान सक्ने भएछी यसपाली रेजिस्ट्रेशनको व्यवस्था गरिएको समाजका अध्यक्ष श्याम दाहालले बताए ।

उल्लेख्य रुपमा सहभागिता जनाउँदै स्तरिय झाँकि र बाजागाजा सहित नेपाली समुदायलाई दक्षिण अस्ट्रेलियामा चिनाउन सहयोग गरेकामा सम्पुर्ण सहभागीहरुलाई समाजका अध्यक्ष दाहालले धन्यबाद दिए । नेपाल अस्ट्रेलिया समाचारसँग कुरा गर्दै दाहालले यसपटकको ‘अस्ट्रेलिया डे परेडमा’ गुठी साउथ अस्ट्रेलियाको बिशेष सहयोगका लागी हर्दिक आभार समेत व्याक्त गरे । “बिगतदेखी नेपाली समुदायले एडिलेड नेपाली समाजको व्यानरमा सहभागिता जनाउने गरेपनि यो दक्षिण अस्ट्रेलियामा बस्ने सम्पुर्ण नेपाली समुदाय तथा संघसस्थाको सामुहिक सहभागिता हो ।” दाहालले बताए ।

पछिल्लो समय ‘अस्ट्रेलिया डे’ लाई अष्ट्रेलियाको आधिकारिक राष्ट्रिय दिवशका रूपमा मनाइने गरिएको छ । शुरुका दिनमा सन् १७८८ मा सिड्नी हार्बरको दक्षिणी किनारमा रहेको सिड्नी कोभका आर्थर फिलिपद्वारा पहिलो फ्लीटको अवतरण गरेको दिनको स्मृतिका रूपमा मनाउने गरिएको भएपनि  वर्तमानमा ‘अष्ट्रेलिया डे काउन्सिल’ले  अष्ट्रेलियनहरूको योगदानलाई सम्मान गर्ने कार्यक्रमहरूको आयोजना गर्दछ । साथै आदिवासी अष्ट्रेलियनहरू माथी विगतमा भएका अन्यायहरूको आत्मसमिक्षा, अस्ट्रेलियन समाजको विगत र वर्तमानको विविधता र उपलब्धिहरूलाई सम्मान गर्दै उत्सवका रुपमा मनाउने कार्यक्रमहरू आयोजना गरिन्छन । यसदिन   सामुदायिक पुरस्कार र नागरिकता समारोहको पनि आयोजना गरिन्छ ।

 

 

 

 

 

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading