साउथ अस्ट्रेलियामा घर बनाँउदा डबल ग्यारेज हुनैपर्ने?
२५ जनवरी २०२५, एडिलेड- साउथ अस्ट्रेलियाको सरकारले घर बनाँउदा ठूलो ग्यारेज हुनै पर्ने कानुन ल्याउन लागेको छ । स्ट्रिटमा पार्किङको चाप बडिरहेका कारण लेवरको सरकारले स्ट्रिटमा ट्राफिक कम गर्न यस्तो नियम ल्याउन लागेको बताएको छ ।
गत साता दक्षिण अस्ट्रेलियाका प्रमियर पिटर मालिनास्कसले दुइ वा सो भन्दा बढी सुत्ने कोठा हुने घरहरुमा कमसेकम दुईबाटा ठूला एसयुभी कारहरुलाई राख्न सकिने ग्यारेज हुनैपर्ने नियम ल्याउन लागेको बताए ।
“घरबाहिरको बाटोमा घरधनीकै गाडी पार्क गरियो भने अरु मानिसले उक्त स्थानमा गाडी पार्क गर्न पाउँदैनन, फोहर सफा गर्ने गाडीलाई पनि बिन लैजान असहज हुन जान्छ ।” मालिनास्कसले भने ।
प्रोपर्टि काउन्सिलले भने यस्तो नियम लागु गर्दा घरहरु मंहगो हुनजाने भएकाले कम आय हुनेहरुलाई घर किन्न अप्ठ्यारो हुने भन्दै चिन्ता व्याक्त गरेको छ ।
घरधनीहरुलाई गाह्रो बनाउनुभन्दा सार्वजनिक यातायातको व्यवस्थालाई बलियो नाउनुपर्ने प्रोपर्टि काउन्सिलको सुझाब रहेको छ ।
सन २०२५ को अन्त्य तिर उक्त सम्भावित परिवर्तन छलफलका लागि ल्याईने विश्वास गरिएको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस