ताजा खवरहरु:

प्रवासमा मौलाउदै रास्वपा, क्यानबेरामा पनि सम्पर्क बिभाग

नवगठित समितिमा सुरेन्द्र पुरी (प्रमुख), सुलक्षणा नेपाल (उप प्रमुख), मनोज शर्मा (सचिव), विश्व बन्धु गौतम (कोषाध्यक्ष) सहित ११ सदस्यहरू समावेश छन्। 

२५ जनवरी २०२५, क्यानबेरा – राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास सम्पर्क विभाग क्षेत्रीय समिति – अष्ट्रेलियन क्यापिटल टेरिटोरी (ACT) को प्रथम अधिवेशन सम्पन्न भएको छ। यो अधिवेशनले सुरेन्द्र पुरीको नेतृत्वमा क्षेत्रीय समिति गठन गरेको छ,  साथै आधिकारिक वेबसाइट http://www.pnsba.com.au को पनि शुभारम्भ गरिएको रास्वपा प्रवास सम्पर्क समिति अस्ट्रेलियाले बताएको छ। यस क्षेत्रीय समिति गठनले अष्ट्रेलियामा प्रवासी नेपाली समुदायलाई शसक्त बनाउने र लोकतान्त्रिक आदर्शहरूसँग नजिक ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताईएको छ ।

रास्वपा प्रवास सम्पर्क समिति अस्ट्रेलियाले अस्ट्रेलियन क्यापिटल टेरिटरीमा गठन गरिएको यो क्षेत्रीय समिति अष्ट्रेलियामा न्यु साउथ वेल्स र दक्षिण अष्ट्रेलियामा  पछीको तेस्रो समिति रहेको समेत बताएको छ । आगामी दिनमा अष्ट्रेलियाका अन्य राज्यहरूमा पनि क्षेत्रीय समितिहरू गठन गर्ने योजना रहेको पनि  रास्वपा प्रवास सम्पर्क समिति अस्ट्रेलियाले जनाएको छ ।

कार्यक्रममा डा. कृष्णकान्त पौडेल (केन्द्रीय प्रमुख), श्री नागेन्द्र अधिकारी (पूर्व संयोजक एवं निर्वाचन आयुक्त), श्री निराजन थापा (केन्द्रीय उपप्रमुख), श्री गणेश पौडेल (केन्द्रीय सचिव), र श्री दिपेन्द्र उप्रेती (राज्य संयोजक – NSW) लगायतको  उपस्थिति रहेको थियो ।

नवगठित समितिको प्रमुखमा सुरेन्द्र पुरी, उपप्रमुख सुलक्षणा नेपाल , सचिव मनोज शर्मा सचिव, कोषाध्यक्षमा विश्व बन्धु गौतम रहेका छन ।

कार्यक्रमलाई अनलाईन मार्फत जोडिई संसदिय दलको प्रमुख सचेतक एवं केन्द्रिय सदस्य सन्तोष परियार, प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय कार्यालय नेपालका सचिव पदम राज पन्थि लगायतले शुभकामना प्रकट गर्दै नवगठित अस्ट्रेलियन क्यापिटल टेरिटरीका राज्य समितिका सदस्यहरूलाई सफलताको शुभकामना दिए।

कार्यक्रमका क्रममा प्रवासी नेपाली सम्पर्क विभागको आधिकारिक गीत समेत प्रस्तुत गरिएको थियो ।,

यो अधिवेशनले प्रवासी नेपालीहरूको प्रतिनिधित्व गर्दै उनीहरूका आवाजहरूलाई अझ सशक्त बनाउने दिशामा एक नयाँ अध्याय प्रारम्भ गरेको रास्वपा प्रवास सम्पर्क समिति अस्ट्रेलियाले जनाएको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading