ताजा खवरहरु:

एड्वाडट्सटाउनमा नकाबधारीहरु बन्दुक सहित घरको ढोकामा

घरको सिसिटिभी फुटेजमा घटनास्थल नजिकै सेतो रङ्गको एउटा कार देखिएपछी बन्दुक धारीहरु सोही कारमा आएको हुनसक्ने कुरालाई केन्द्रमा राखेर दक्षिण अस्ट्रेलियाको प्रहरीले हाल अनुसन्धान गरिरहेको बताएको छ ।

२५ जनवरी २०२५, एडिलेड- साउथ अष्ट्रेलियाको एड्वाडट्सटाउनमा भन्ने सवर्वमा २ जना नकाबधारीहरु बन्दुक सहित घरको ढोकैमा पुगेको साउथ अष्ट्रेलिया प्रहरीले बताएको छ । एड्वाडट्सटाउन सवर्बमा पर्ने रेग्लेन एभिन्युमा रहेको एक घरमा बिहिबार बिहान ५ बजेतिर दुईजना नकाबधारीहरु बन्दुकसहित घरको ढोकामा आएको देखेपछी घरधनीले प्रहरीलाई खबर गरेका थिए । त्यसको केहीबेरमा बन्दुक बोकेका नकाबधारीहरु त्यँहाबाट भागेका कारण कुनै दुर्धटना भने हुन पाएन ।यस सवर्बमा नेपालीहरुको बाक्लो बसोवास रहेको छ ।

उनीहरु बन्दुकसहित आउनु चोरीका लागी हो अथवा हत्याको उदेश्य हो हालसम्म खुलेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

घरको सिसिटिभी फुटेजमा घटनास्थल नजिकै सेतो रङ्गको एउटा कार देखिएपछी बन्दुक धारीहरु सोही कारमा आएको हुनसक्ने कुरालाई केन्द्रमा राखेर दक्षिण अस्ट्रेलियाको प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । घटनाबारे कुनै जानकारी हुनेहरुलाई ‘क्राइम स्टपर’ लाई १८०० ३३३ ००० मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading