ताजा खवरहरु:

‘एनआरएनए आइ. सी. सी.’ ले तय गर्यो १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मिति

अक्टोबर ११ देखि १४ सम्म काठमाण्डौंमा

गैरआवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधित संस्करण) अनुसार, सन् २०२५ को जुलाई महिना भित्र एनसीसीहरूको राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहेको समेत अन्तराष्ट्रिय समन्वय समितिले अवगत गराएको छ ।

२५ जनवरी २०२५, काठमाण्डौं- गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिले आफ्नो आगामी अर्थात १२ औं अन्तराष्ट्रिय सम्मेलनको मिति तय गरेको छ । समितिले आफ्नो १२ औं महादिवेशन सन २०२५ को अक्टोवर ११ देखी १४ सम्म हुने बताएको छ । समितिले सदस्यता खुला भईसकेका आफू अन्तरगतका राष्ट्रिय समितिहरुलाई तीब्र रुपमा सदस्यता बढाउन निर्देशन समेत दिएको छ । समितिले आफ्नो अन्तराष्ट्रिय सम्मेलन दशैंका समयमा काठमाण्डौमा गर्ने गरेको छ । साथै सदस्यता खुला नभएका राष्ट्रिय समितिहरुलाई अबिलम्ब सदस्यता खुला गर्न समेत भनेको छ ।

गैरआवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधित संस्करण) अनुसार, सन् २०२५ को जुलाई महिना भित्र एनसीसीहरूको राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहेको समेत अन्तराष्ट्रिय समन्वय समितिले अवगत गराएको छ ।

Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading