ताजा खवरहरु:

दूतावासले पासपोर्ट शिविरमा लिने गरेको अतिरिक्त शूल्कका बारेमा के भन्छन सर्वसाधारण

सर्बेक्षणमा भाग लिनेमध्ये ५६ प्रतिशतले ‘लुट्न सके लुट’, ३६ प्रतिशतले ‘गलत’ र जम्मा ८ प्रतिशतले ‘सही’ मानेका छन ।

२३ जनवरी २०२५, एडिलेड- नेपाल अस्ट्रेलिया समाचारले अस्ट्रेलियामा नयाँ पासपोर्ट बनाउन तथा नबिकरण गर्न राज्यहरुमा शिविर सञ्चालन गर्दा दूतावासका कर्मचारीहरुको हवाई टिकट तथा खानेबस्ने खर्चका लागी भन्दै ४० दे ७० अस्ट्रेलियन डलरसम्म लिने गरेको पाईएपछी नेपाल अस्ट्रेलिया समाचारले यसबारेमा एक सर्वेक्षण गरेको थियो । सर्बेक्षणमा भाग लिनेमध्ये ५६ प्रतिशतले ‘लुट्न सके लुट’, ३६ प्रतिशतले ‘गलत’ र जम्मा ८ प्रतिशतले ‘सही’ मानेका छन ।

एनआरएनए र नेपाली दुतावासले अस्ट्रेलियाका बिभिन्न राज्यहरुमा पासपोर्ट शिविर सञ्चालन गर्दा ४० देखी ७० डलरसम्म अतिरिक्त शूल्क लिने गरेको पाईएको छ । एनआरएनएले यसरी लिईएको थप शूल्कले सर्वसाधारणको क्यानबेरा सम्म पुग्नुपर्ने खर्च जोगाएको बताउदै उक्त कार्यको बचाउ गरेको छ भने क्यानबेरामा रहेको नेपाली दूतावासले भने एनआरएनएले यसरी थप शूल्क लिनेगरेको बारे आफुलाई जानकारी नरहेको बताएको छ । राजदूतावासले यसो भनिरँहदा अचम्म त के छ भने, शिविरमा पासपोर्ट बँनाउदा लाग्ने शूल्क एनआरएनएले आफ्नोखातामा संकलन गरि दूतावासको बैंकखातामा एकमुस्ठ रुपमा पठाउने गरेको खुलेको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading