अस्ट्रेलियाको विद्यार्थी भिसामा नयाँ नियम
२३ जनवरी २०२५, क्यानवेरा- अस्ट्रेलियाले सन २०२५ को शुरुबाट लागु हुने गरेर आफ्नो विद्यार्थी भिसाको नियममा थप परिमार्जन गरेको छ । सन २०२४ को अन्त्यसम्म अस्ट्रेलियाको लागी विद्यार्थी भिसा आवेदन गर्दा अस्ट्रेलियाको शिक्षा प्रादायकबाट प्राप्त ‘अफर लेटर’ मात्र संग्लग्न गर्दा पुग्नेमा सन २०२५ को जनवरीदेखी लागी हुनेगरि यस्तो भिसा आवेदन गर्दा ‘सर्टिफिकेट अफ इन्रोलमेन्ट’ संलग्न गर्नुपर्ने नियम लागु गरेको छ । यो नियम अस्ट्रेलिया भित्र र बाहिर दुबैतिरबाट विद्यार्थी भिसा आवेदन गर्ने बिद्यार्थीहरुको हकमा लागु हुनेछ ।
अफर लेटर शिक्षा प्रादायकले भर्ना लिन सकिने भन्ने अभिप्रायको कागजात हो भने ‘सर्टिफिकेट अफ इन्रोलमेन्ट’ भनेको विद्यार्थीले तोकिएको समयसम्मको शुल्क तिरेर पढ्न स्विकार गरेको भन्ने जनाउने कागजात हो ।
अस्ट्रेलियाले सन २०२५ बाट लागु हुने गरेर विद्यार्थी भिषाको सिमा समेत निर्धारण गरिसकेको छ । अस्ट्रेलियाले बढीमा एक बर्षमा २ लाख ७० हजार अन्तराष्ट्रिय विद्यार्थीहरुलाई मात्र अस्ट्रेलियामा पठन-पाठनका लागी ल्याउने भएको हो ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस