यी देशमा रोजगारीका लागि नआउ: नेपाली दूतावास बैँकक
१८ जनवरी २०२५, काठमाडौं – नेपाली दूतावास बैंककले नेपालीहरुलाई आकर्षक रोजगारीको प्रलोभनमा एसियाका केही देशहरूमा नआउन सचेत गराएको छ । दूतावासले रोजगारीमा नआउन सचेत गराएका देशमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्यान्ड लगायतका देशहरू रहेका छन । दूतावासले जनाएअनुसार बताईएका देशमा आकर्षक रोजगारीको नाममा आएका नेपाली नागरिकले दुःख पाएको र बन्धकसमेत बन्नुपरेको बताएको छ ।
दूतावासले म्यानमारको गोल्डन ट्रयांगलमा लगी गैरकानुनी काम गर्न बाध्य पारिएका र सो स्थानबाट भागेर थाइल्यान्ड छिरेका एक नेपाली नागरिकलाई थाई सरकारी निकायको सहयोगमा शुक्रबार नेपाल फर्काइएको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस