नर्दन टेरीटरीको २०२५ ‘उत्कृस्ट नागरिक’ फाइनालिस्टमा नेपाली मुलका फिरोज
मिलन दाहाल
१७ जनवरी २०२५, डार्विन- नर्दन टेरीटरीको २०२५ ‘उत्कृस्ट नागरिक’ फाइनालिस्टमा नेपाली मुलका फिरोज राना चुनिएका छन । उनले नर्दन टेरिटरीको बहुसाँस्कृतिक समाज तथा खेलकुदमा योगदान तथा युवाहरुलाई उत्कृस्ट नेतृत्व गरेका कारण बर्ष नागरिकको फाइनालिस्टमा राखिएको नर्दन टेरिटरी सरकारले आफ्नो वेभसाईट तथा सामाजिक सञ्जाल फेसबुकमा भनेको छ ।
तीनजना फाइनालिस्टहरुमा जेसी हल नाम गरेकी महिला सिमाङ्कृत युवाहरुलाई लामो समयसम्म नेतृत्व प्रदान गरि उनीहरुको जीवनमा महत्वपुर्ण योगदान पुर्याएका कारण र दोन्ना रोसम अपाङ्गता भएका बालबालिकाहरुलाई स्विमिङ सिकाउने एक समुह स्थापना गर्न सफल भएका कारण फाइनालिस्टमा पर्न सफल भएको बताईएको छ ।
अस्ट्रेलियाका राज्य सरकारहरुले अस्ट्रेलिया डेका दिन अर्थात २६ जनवरीमा विभिन्न विधा अन्तरगत समाजलाई योगदान पुर्याउने नागरिकहरुलाई सम्मान गर्ने परम्परा रहेको छ । खासगरि सामान्य नागरिकको स्तरभन्दा माथी उक्लिएर समुदायको सेवामा महत्वपुर्ण योगदान पुर्याउनेहरुबाट बर्ष नागरिक चयन गर्ने गर्दछ ।
नर्दन टेरिटरी राज्य सरकारले ‘बर्ष नागरिक’ तथा ‘बर्ष युवा’ गरि दुई बिधामा नागरिकहरुलाई सम्मान गर्ने गरेकोमा ‘बर्ष नागरिक’ मा नेपाली मुलका फिरोज चुनिएका हुन । यसका लागी नर्दन टेरिटरी सरकारले समुदायलाई ‘बर्ष उत्कृस्ट नागरिक’ छान्न आह्वान गरेकोमा समुदायले उत्कृष्ट तीन जनाको चयन गर्ने क्रममा फिरोज परेका हुन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस