ताजा खवरहरु:

अस्ट्रेलिया आइपुगिन नवनियुक्त राजदूत यादव

मिलन दाहाल

१७ जनवरी २०२५, सिड्नी- नेपालको मन्त्रिपरिषदले हालसालै अस्ट्रेलियाका लागी नियुक्त गरेको राजदूत चित्रलेखा यादव अस्ट्रेलिया आइपुगेकि छन । यादवलाई सिड्नी विमानस्थलमा शुक्रबार गैर आवासीय नेपाली संघ अस्ट्रेलिया अध्यक्ष अनिल पोखरेल, न्यू साउथ वेल्सका लागी नेपाल सरकारका वाणिज्य दूत सञ्जीव कुमार शर्मा लगायतले स्वागत गरेका थिए ।  एनआरएनए अध्यक्ष पोखरेलले नेपाली दूतावास र एनआरएनए अष्ट्रेलियाको लामो समयदेखीको सहकार्यको स्मरण गर्दै नव नियुक्त राजदूतलाई सफल कार्यकालको शुभकामना दिए । राजदूत यादवले अस्ट्रेलियाबाट नेपालमा उच्च स्तरीय भ्रमण गराउन पहल गर्ने बताइन ।

नेपालमा सत्ता परिवर्तन सँगै तत्कालीन राजदूत कैलाशराज पोखरेल फिर्ता बोलाईएपछी अस्ट्रेलियाको नेपाली दूतावास नेतृत्व बिहिन बनेको थियो।  उक्त समयमा दूतावासका उपप्रमुख कुल बहादुर मगरले कार्यबाहकको जिम्मेवारी सम्हालेका थिए।

दूतावासको फोन नउठ्ने, राहधानी बनाउन तथा नविकरण गर्न क्यान्वेरा नै पुग्नुपर्ने लगायतका समस्याका चाङ्गहरू माथि टेक्दै एक राजनीतिक पृष्ठभूमीको मान्छेलाई दूतावास सञ्चालन गर्न कम चुनौतीपूर्ण भने हुने छैन । यादवलाई सफल कार्यकालको शुभकामना ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading