पाकिस्तानी बिमानले आइफेल टावरलाई ठक्कर दिन लागेको देखाइएपछी…
१७ जनवरी २०२५, इस्लामावाद- पाकिस्तान इन्टरनेशनल एयरलाइन्सले चार वर्षको प्रतिबन्ध पछि युरोपियन युनियन देशहरूमा उडानहरू पुन: सुरु गर्ने उत्सव मनाउदाँ एउटा नयाँ विज्ञापन बनायो जसमा पाकिस्तानी ध्वजाबाहकले आइफेल टावरलाई ठक्करबाट दिन लागेजस्तो देखाइएको छ, र लेखिएको छ, “पेरिस, हामी आज आउँदैछौं।”
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विज्ञापन र संयुक्त राज्य अमेरिकामा 9/11 आतंककारी हमलाहरू बीच समानता देखाउँदै प्रश्न गरे “के यो खतरा हो?” र “यसको मतलब के हो?”।
पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले एफिल टावरलाई ठक्कर दिनलागे जस्तो देखाइएको विज्ञापनमा विज्ञापन कसले बनायो, देखाउन खोजेको के हो र स्वीकृत कसले गर्यो भन्ने बिषयमा छानबिन गर्न आफ्नो राष्ट्रिय ध्वजाबाहकलाई आदेश दिएका छन्।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस