ताजा खवरहरु:

तास्मानियाले पनि तय गर्यो नेपाल फेस्टिवलको मिति

अस्ट्रेलियन व्युरो अफ स्टाटिस्टिकका अनुसार होवर्टमा बोलिने भाषामा नेपाली तेस्रो ठुलो भाषा हो । तास्मानियाका सक्रिय पत्रकार खगेन्द्र सत्यालका अनुसार तास्मानियामा १४ हजारको हाराहारीमा नेपाली रहेका छन । 

मिलन दाहाल

१७ जनवरी २०२५, होवर्ट- अस्ट्रेलियामा नेपालीहरुको बाहुल्य रहेको राज्य तास्मानियाले समेत ‘नेपाल फेस्टिवल २०२५’ को मिति घोषणा गरेको छ । एनआरएनए तास्मानियाले नेपाल फेस्टवल मार्चको अन्तिम सातामा गर्ने घोषणा गर्दै तयारी अगाडी बढाएको छ ।  गैर आवासीय नेपाली संघ तास्मानियाले सामाजिक सञ्जाल फेसबुक मार्फत होवर्टको पार्लियामेन्ट अगाडीको चौरमा २९ मार्च २०२५ मा नेपाल फेस्टिवल कार्यक्रम आयोजना गर्ने बताएको हो ।

 गैर आवासीय नेपाली संघको सिग्नेचर कार्यक्रम ‘नेपाल फेस्टिवल’ मार्फत संघले अस्ट्रेलियामा नेपाली खाना, संस्कृति तथा नेपालको पर्यटनको समेत प्रवर्दन गर्ने गरेको छ । कार्यक्रम आयोजनार्थ संघले हाल स्पोन्सर, सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्न चाहने तथा संवयंसेवक बन्न चाहनेहरुको आवेदन संकलन गरिरहेको छ । संघको कार्यक्रममा सहयोग गर्न चाहनेहरुले संघको फेसबुक पेजमा गई आवेदन गर्न सकिने संघले बताएको छ ।

अस्ट्रेलियन व्युरो अफ स्टाटिस्टिकका अनुसार होवर्टमा बोलिने भाषामा नेपाली तेस्रो ठुलो भाषा हो । तास्मानियाका सक्रिय पत्रकार खगेन्द्र सत्यालका अनुसार तास्मानियामा १४ हजारको हाराहारीमा नेपाली रहेका छन ।

Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading