ताजा खवरहरु:

नेपाल फेस्टिवल संचार समिति बैठक सम्पन्न, प्रगतिबारे ब्रिफिङ

दशबटा खानाका स्टलहरु बुकिङ भइसके: बिनोद बानियाँ

बाँनियाले खाद्यका १० वटा स्टलहरु राख्ने भनेकामा सबै स्टलका बुकिङहरु स्वतस्फुर्त रुपमा बुकिङ भइसकेको जानकारी दिए । यसैगरि सचिब गणेश पराजुलीले ‘नेपाल हाउस’मा बिगतका बर्षहरुमा भन्दा केही नयाँ सामाग्रीहरुको समाबेस गर्ने अवधारणा अनुरुप आफुहरुले काम गरिरहेको र निश्चित हुनासाथ सञ्चारकर्मीहरुलाई जानकारी गराउने बताए ।

१६ जनवरी २०२५, एडिलेड- गैर आवासीय नेपाली संघ दक्षिण अस्ट्रेलियाको ‘नेपाल फेस्टिवल’ सफल गराउनका लागी गठित संचार समितिको बैठक बिहिबार सम्पन्न  भएको छ । बैठकमा गैर आवासीय नेपाली संघ साउथ अस्ट्रेलियाको तर्फबाट उप-संयोजक बिनोद बाँनिया र सचिब गणेश पराजुलीले सहभागीता जनाएका थिए भने सञ्चार समितिका तर्फबाट संयोजक नारायण खड्का तथा सदस्यहरु बालगोपाल उपाध्याय, विकाश पौडेल तथा मिलन दाहाल उपस्थित थिए । संघका संयोजक सञ्जय पुरीले भने कार्यब्यस्तताका कारण सहभागी हुन नसकेकोमा क्षमायाचना पठाएका थिए ।

बैठकमा संघको उपसंयोजक तथा नेपाल फेस्टिवल कार्यक्रमको संयोजन व्यवस्थापन गरिरहेका विनोद बाँनियाले हालसम्म भएका प्रगतिहरुबारे प्रकास पारेका थिए । बाँनियाले खाद्यका १० वटा स्टलहरु राख्ने भनेकामा सबै स्टलका बुकिङहरु स्वतस्फुर्त रुपमा भइसकेको जानकारी दिए । यसैगरि सचिब गणेश पराजुलीले ‘नेपाल हाउस’मा बिगतका बर्षहरुमा भन्दा केही नयाँ सामाग्रीहरुको समाबेस गर्ने अवधारणा अनुरुप आफुहरुले काम गरिरहेको र निश्चित हुनासाथ सञ्चारकर्मीहरुलाई जानकारी गराउने बताए ।  सञ्चार समिति संयोजक नारायण खड्काले आफुहरुले ‘नेपाल फेस्टिवल’ लाई बृहत अस्ट्रेलियन समुदायमा पुर्याउन आफुहरुले पहल थालिसकेको जानकारी दिए ।

संचार समिति सदस्य बालगोपाल उपाध्यायले आफुले बिगतदेखी नै उठाउने गरेको आर्थीक पारदर्शितामा ध्यान दिन सुझाए ।

गैर आवासीय नेपाली संघ साउथ अस्ट्रेलियाले आगामी मार्च ९ मा एडिलेडको एल्डर पार्कमा सन २०२५ को ‘नेपाल फेस्टिवल’ कार्यक्रम आयोजना गर्ने घोषणा गर्दै तयारीलाई अगाडी बढाएको छ । तयारीस्वरुप संघले १३ उपसिमितिहरु बनाई कामको बाँडफाड गरेको छ भने स्वयंसेवक, स्पोन्सर तथा स्टलको बुकिङका लागी आह्वान गरेको छ ।

बैठकमा संचार पारदर्शिताका लागी तथा सञ्चारकर्मीलाई सजिलो हुने भएकाले नेपाल फेस्टिवलको प्रायोजनका लागी एनआरएनए दक्षिण अस्ट्रेलियाको संञ्चार सम्पर्क व्यक्ति चुन्न बैठकका क्रममा सञ्चारकर्मीहरुले आग्रह गरेको थियो ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading