ताजा खवरहरु:

जिङ्ग ली ले छाडिन लिबरल पार्टी

“अब उप्रान्त दक्षिण अष्ट्रेलियाको संसदमा म स्वतन्त्र उम्मेद्वारको रुपमा रहनेछु र सन् २०२६ मा दक्षिण अस्ट्रेलियामा हुने राज्य निर्वाचनमा समेत स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाब लड्ने छु ।” बिज्ञाप्तिमा भनेकी छन ।

मिलन दाहाल

१३ जनवरी २०२५, एडिलेड- नेपाली समुदायसँग निकै नजिकको सम्बन्ध बनाएकी लिबरल पार्टीकि नेता ‘जीङ ली’ ले लिवरल पार्टी परित्याग गरेको घोषणा गरेकि छन । उनले शनिवार एक प्रेश बक्तब्य जारी गर्दै आफूले लिबरल पार्टीको सदस्यबाट राजिनामा दिएको बताएकी छन । मलेसियन पृष्ठभूमिकि ली सन २०१० र सन २०१८ गरि दुइपटक साउथ अस्ट्रेलियाको संसदमा चुनिएकि थिइन ।ली दक्षिण अस्ट्रेलियाको संसद प्रवेश गर्ने मलेसियन पृष्ठभूमीको पहिलो ब्यक्तिसमेत हुन ।

  “अब उप्रान्त दक्षिण अष्ट्रेलियाको संसदमा म स्वतन्त्र उम्मेद्वारको रुपमा रहनेछु र सन् २०२६ मा दक्षिण अस्ट्रेलियामा हुने राज्य निर्वाचनमा समेत स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाब लड्ने छु ।” बिज्ञाप्तिमा भनेकी छन । ली विपक्षी दलकी दोस्रो बरियताकि नेता र पर्यटन तथा वहुसांस्कृतिक मामिलाकि छाँया मन्त्री रहेकिमा १० जनवरी २०२५ देखी उक्त भूमिकाहरुमा समेत नरहने बताएकि छन ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading