यो काम गरे अस्ट्रेलियामा सजिलै कमाउन सकिन्छ १ लाख ५० हजार डलर
१२ जनवरी २०२५, अस्ट्रेलिया- अस्ट्रेलियामा सन २०२५ मा राम्रो कमाइ हुने काम खोजिहनु भएको छ भने, यो समाचार तपाईंका लागी हो । हामी यस्तो कामका बारेमा बताउँदैछौं तपाईंले सहजै बर्षमा १ लाख २० हजार अष्ट्रेलियन डलर कमाउन सक्नुहुन्छ । थोरै बढी मिहिनेत गर्नु भयो भने सकिन्छ १ लाख ५० हजार डलर सम्म पनि कमाउन सक्नुहुन्छ। तर यो काम त्यति सहज भने छैन । एउटा उखानै छ नि, जति बढी कठिनता (रिस्क) त्यति नै बढी आम्दानी ( रिटर्न) । यदि बढी पैसा कमाउन थोरै कठिन काम गर्न तयार हुनुहुन्छ भने कृपया अगाडि बढ्नुहोस ।
अस्ट्रेलियाको खानी उद्योगमा यस बर्ष फ्लाई-इन फ्लाई-आउट (FIFO) ड्रिलर अफ साईडरहरू धेरै चाहिएका छन्, जसले गर्दा चाहनेहरूका लागी पैसा कमाउने ठूलो अवशर छ । फिफो भर्ती विशेषज्ञ अलाना मोही यस बर्ष खानी क्षेत्रमा उक्त कामको निकै धेरै अवसरहरू रहेको बताउछिन ।
के हो ड्रिलर अफसाईडरको काम?
” यो कामका लागी अनुभव चाहिँदैन तर एक कठिन काम हो । तर आफ्नो पहिलो काम गर्नेहरूका लागी यति राम्रो पैसा कमाउन अवसर दिने अन्य कुनै काम नै हुँदैन। यस कामम एक वर्षमा १२० हजारदेखी देखि १५० हजार डलरसम्म सजिलै कमाउन सकिन्छ ।” अलाना भन्छिन ।
उनी भन्छिन यो कामका लागी कुनै ठूलो योग्यता चाहिँदैन। अनुभव त झन चाहिँदै चाहिँदैन। चाहिने भने काम गर्ने सोच, व्ह्वाइट कार्ड, म्यानुवल लाइसेन्स, HR ट्रक लाइसेन्स र नेशनल पुलिस क्लियरेन्स हो । उनि थप्छिन ।
के हो ड्रिलर अफसाईडरको काम?
ड्रिलर अफसाइडरहरू दुर्लभ खनिजहरू को खोजी गर्ने समूहको अग्रपङ्क्तिमा रहेर काम गर्ने कामदारहरू हुन ।
ड्रिलर अफसाईडरको दैनिक कामहरूमा खनिज खोज्ने क्रममा बनाईने प्वालहरूमा ड्रिल गर्ने रडहरू तयार गर्नु, ड्रिल बिटलाई लुब्रिकेट गर्दै ड्रिल प्वाललाई स्थिर राख्न सहयोग गर्नु, ड्रिलको कार्यसम्पादन विवरणहरू रेकर्ड गर्ने र लगबुकहरू राख्ने, हावा, पानी, र अन्य फोहोर निकाल्न पम्पहरू चलाउने, साइटहरूमा रिगहरू र उपकरणहरू ल्याउन लैजान गर्न मद्दत गर्ने, उपकरणहरूको प्रयोग गर्दै खाडल खन्ने लगायतका कामहरू पर्दछन ।
शुरूको ६ देखी ८ हप्ता कठिन लागेपनि बानी पर्दै गएपछी सहज हुने धेरै कामदारहरूको अनुभव रहेको अलाना सुनाउछिन।

Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस