ताजा खवरहरु:

रबि छुट्दा, रास्वप खुसी- सूर्य थापा दुखी

प्रतिवादीलाई धरौटीमा छाड्ने अदालतको आदेशप्रति सहकारी रकम बचत अपचल सम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापा असन्तुष्ट देखिएका छन् ।

रास्वपाका सभापति रवि लामिछानेसहित सातै जना प्रतिवादीलाई बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाडेको थियो । रविसहित सबै प्रतिवादी धरौटीमा रिहा भएदेखि थापाले हालसम्म तीन वटा फरक फरक स्टाट्स लेखिसकेका छन् ।

रवि छुटेलगत्तै थापाले बिहीबार साँझ रविले सहकारीको रकमबाटै गोरखा मिडिया नेटवर्कमा ७५ लाख रविको सेयरबापत भुक्तानी गरेको खुलासा गरेका थिए । उक्त आदेशमा रवि लामिछानेबारे लेखिएको पृष्ठको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै लेखेका छन्,‘सहकारीको रकमबाटै सुरुमा गोरखा मिडिया नेटवर्कमा ७५ लाख रवि लामिछानेको सेयरबापत भुक्तानी गरेको खुलासा।’

बिहीबार साँझ सो खुलासा गरेका थापाले आज बिहानै फेरि अर्को स्टाट्स लेखेका छन् । दोस्रो स्टाटसमा थापाले कास्की जिल्ला अदालतको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

थापाले लेखेका छन्, ‘अदालतको यस आदेशको पनि माथिल्लो तहबाट परीक्षण हुन्छ। त्यस निम्ति ७३ नं। को व्यवस्था मौजुद नै छ।’

सत्तारुढ दल नेकपा एमालेका सांसद समेत रहेका थापाले फेरि तेस्रो स्टाट्स पनि रविलक्षित नै लेखेका छन् । पछिल्लो स्टाटसमा थापाले कास्की अदालतले धरौटीमा छाडे पनि अझै काठमाडौँ, रुपन्देही, चितवन र पर्सामा सुनुवाइ बाँकी नै रहेको बताएका छन्।

धरौटीमा रिहा हुनुलाई रवि-समर्थकले सफाइ नै पाएजस्तो प्रचार गरिरहेको भन्दै थापाले आक्रोश पनि पोखेका छन्।

‘६५ लाख धरौटीमा रिहा- सफाइ-चचहुई’, थापाले लेखेका छन्, ‘रवि कसुरदार छैनन् भन्ने आधार देखिएन- हिहि।’

उनले स्मरण गराउँदै अगाडि लेखेका छन्, ‘काठमाडौँ, बुटवल, चितवन र वीरगन्ज- सुनुवाइ छ कि !’

रवि छुटेपछि थापाले लेखेका स्टाटस्


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading