ताजा खवरहरु:

लामिछाने छुट्ने संभावना कति?

मिलन दाहाल

८ जनवरी २०२५, पोखरा- प्रचण्डको नेतृत्वमा रबि लामिछाने गृहमन्त्री भएकाबेला माओबादी-रास्वपा सरकारले रातारात केपी शर्मा ओली मिसिएका झापाको ‘गिरिबन्धु’ र कांग्रेसका सभापतिपत्नी आरजु राणा देउवा संलग्न रहेको ‘भूटानी शरणार्थी काण्ड’ बारेको फाइल खोल्ने तयारी गरेपछी रातारात कांग्रेससँग एकता गरि प्रधानमन्त्री बनेका खड्ग प्रसाद ओलीले सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै, त्यसबेलाका गृहमन्त्री रबि लामिछानेलाई लगभग तीन महिना सम्म हिरासतमा राख्न सफल भएका छन । नेपाली कांग्रेसका सभापति गगनले सहकारी ठगको आरोप लगाएपछी प्रमाणित गरे आफुले राजनिति छोड्ने र गर्न नसके गगनले राजनिति छोड्नपर्ने चुनौती दिएपछी लामिछाने र थापाका बिच द्वन्द शुरु भएको थियो । यसकारण पनि रातारात सम्झौता गरि माओबादी-रास्वप सरकार ढाली प्रधानमन्त्रि बनेका ओली दबाबमा रहेका थिए । किनकी कांग्रेसले साथ छोड्नासाथ सरकार ढल्छ ।

तर कार्यपालिकाले गर्ने सत्ता र शक्तिको दुरुपयोगको क्षेत्रबाट बल हाल न्यायपालिकाको कोर्टमा पुगेको छ । लामिछाने कुनै शहकारीको सदस्य नरहेको र व्याक्तिगत रुपमा कुनैपनि शहकारीबाट रीण लिएको नभेटिएको सुर्य थापाको अध्यक्षतामा गठित संसदीय छानबिन आयोगले यसअधि नै बताईसकेको छ । सरकारले लामिछाने गोरखा मिडियाको प्रबन्ध निर्देशक रहेका बेला सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गरेका कारण देखाइ पक्राउ गरेको छ ।  यस्तो अवस्थामा सहकारीको रकम गोर्खा मिडियामा आउँदा सहकारी सञ्चालक र नियमक निकाय के हेरेर बस्यो भन्नेतर्फ सरकारको चासो नरहेको देखिन्छ । अचम्म त के छ भने शहकारी ढगीमा दोशी करार भइसकेका मानिसहरु सत्तामै रहेका छन भन्ने सत्ता र शक्तिका आडमा शहकारीको सञ्चालक रहेका र शहकारीबाट आफैंले रीण लिएर नतिरेकाहरु खुल्लमखुल्ला हिँडिरकेका छन । यस्तो अवस्थामा रबि लामिछाने दोस हुनेगरि विश्वमा कतैपनि कानुन बनेको बा बन्नसक्ने कानुन बनेको छैन । नेपालमा भने रातारात लामिछाने केन्द्रित भएर अध्यादेश नै राष्ट्रपतिबाट रातारात पास गराइएको छ । कानुन स्वतन्त्र भएको खण्डमा लामिछानेलाई स‍-सममान थुनामुक्त गर्दै उनलाई थुन्न आदेश दिनेहरुलाई कारबाहि हुनु पर्दछ ।  नेपालको आदालत नबिकेको खण्डमा एउटा नयाँ युग शुरुवात गर्ने अभिभारा कान्छा जनजाति न्यायधीसको काँधमा रहेको छ । प्रस्तावहरुपनि धेरै आएहोलान । शिरोहिया तथा कांग्रेसका महामन्त्रि गगन थापा हालसालै पोखरा आई फर्किएका भन्ने समाचारहरुपनि सञ्चारमा आएका छन। भर्खरै करियर शुरु गरेका कान्छा न्यायधीसका सामु हाल दुइवटा बाटाहरु आएका छन । एउटा बाटोले उनलाई अरबपति बनाउछ । अर्को बाटोले देशलाई समृद्दिको बाटोमा डोहोर्याउने छ भने न्यायधीसलाई उदाहरण बनाउने छ र युगले उनलाई चिन्ने छ । उनको उनले कुन बाटो रोज्छन त्यो ९ जनवरी २०२५ ले नै बताउला ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading