अस्ट्रेलियामा मोर्टगेजको ब्याजदर फेब्रुअरीबाट घट्ने
८ जनवरी २०२५, सिड्नी- आर्थिक विश्लेषकहरू र बैंकहरूले आगामी तीन महिनामा ब्याज दर कटौतीको पूर्वानुमान गरेका छन् । बैकंकर्जामा घर किनेका, जो बढ्दो ब्याजदरका कारण कर्जा तिर्न संघर्ष गरिरहेकाहरूका लागि निकै खुसीको समाचार छ ।
वेस्टप्याक प्रमुख अर्थशास्त्री लुसी एलिसले मंगलबार एक पत्रिकालाई अस्ट्रेलियाको रिजर्भ बैंकले छिट्टै दर घटाउन सक्ने बताए । मे महिनाबाट घट्ने अनुमान गरिएपनि त्यो भन्दा अगाडी नै फेब्रुअरीबाट नभए अप्रिलबाट घट्ने संभावना प्रबल रहेको बताए ।
न्याबका प्रमुख कार्यकारीले समेत मध्यबर्षसम्ममा ब्याजदर घट्नेमा आफू निश्चिन्त रहेको बताए ।
नगदमा लाग्ने ब्याजदर हाल १२ बर्षयताकै उच्च रहेको छ । ब्याजदर घट्दा अस्ट्रेलियाको अर्थतन्त्र समेत थप चलायमान हुने अर्थशास्त्रीहरू बताउछन।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस