ताजा खवरहरु:

१८ बिलियन दाबी नगरिएको रकम, तपाईको पनि छ कि?

मिलन दाहाल

८ जनवरी २०२५, एडिलेड-  अष्ट्रेलियाको कर कार्यालय (ATO) को पछिल्लो तथ्याङ्कले धेरै सुपरएनुएसन अन्तर्गतको रकम दाबी नै नगरिएको रकमन्तरगतको कोषमा राखिएको बताएको छ । आफ्नो सम्पर्क विवरणहरू अद्यावधिक नगर्दा सुपरएनुएशनले उक्त रकमको मालिकलाई फेला पर्न सक्दैन र यसरी दाबी नगरिएको रकम सुपरएनुएशन अन्तरगतको एक कोषमा जम्मा जम्मा गरिन्छ । हाल उक्त कोषमा १७.८ बिलियन भन्दा बढी अस्ट्रेलियन डलर रहेको अस्ट्रेलियाको कर कार्यालयले तथ्याकं सार्वजनिक गरेको छ ।
कर कार्यालयकि डेपुटी कमिश्नर एम्मा रोजेन्जवेगले कर कार्यालयले रकम जस्को हो उसको खोजी गरि उक्त रकम मालिकलाई नै फिर्ता गर्न चाहेको बताउछिन । अस्ट्रेलियाको कर कार्यालयले सन २०२१ यता यसरी मानिसहरुले दाबी नगरेको ६.४ बिलिनय अस्ट्रेलियन डलर त्यसको हकदार पहिचान गरि फिर्ता गरिसकेको बताएको छ भने बाँकि १७.८ बिलियन डलरसमेत फिर्ता गर्न चाहेको बताएको छ ।

यसका लागी मानिसहरुले उक्त रकममा दाबी भने गर्नुपर्दछ । यसरी दाबी गरिसकेपछी तपाईको हालको विवरण र कर कार्यालयको अभिलेखमा रहेको विवरण दाँजेर उक्त रकम तपाईको भए नभएको निर्क्यौल निकाल्छ । कतिपय मानिसहरु सेवानिवृत्त भए पनि मानसिक वा शारिरिक अशक्तताका कारण अफ्नो सुपर दाबी गर्न सक्दैनन् । कतिपय मानिसहरु मानसिक रोग वा डिमेन्सियाका कारण आफ्नु सुपरबारे नै बिर्सन सक्छन । यस्तै केही समय अस्ट्रेलियामा काम गरेर सुपर दाबी नगरिकन अर्को देशमा गएर बसेका मानिसहरुको समेत यसरी सुपरको दाबी नगरिएको कोषमा रकम जम्मा गरिएको हुन सक्छ ।

आफ्नो MyGov एकाउन्टमा लग इन गरेर यसरी हराएको सुपरलाई खोज्न सकिन्छ । यदि तपाईले पनि काम परिवर्तन गर्नुभएको थियो भने आजै MyGov एकाउन्टमा लग इन गरेर यसरी हराएको सुपरलाई खोजिहाल्नुहोस ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading