ताजा खवरहरु:

‘सहकारीसँग रविको कुनै सम्बन्ध छैन’

६ जनवरी २०२५, पोखरा- पोखराको सूर्य दर्शन सहकारी संस्थाको बचत अपचलन प्रकरणमा कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको तर्फबाट ३ कानून व्यवसायीले थुनछेक बहस गरेका छन् ।

सोमबार कास्की जिल्ला अदालतमा लामिछानेको तर्फबाट ३ कानून व्यवसायीले बहस गरेको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले जानकारी दिए।

उनका अनुसार पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठ, वरिष्ठ अधिवक्ता सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका छन्। बाँकीले भने भोलि पुनः निरन्तर बहस गर्ने खनालले बताए। रविको तर्फबाट बहस गर्न १८ अधिवक्ताले नाम टिपाएका छन् ।

बहस गरेका अधिवक्ताहरूले भने सहकारीसँग रविको कुनै सम्बन्ध नरहेको बताएका छन्। सहकारीसँग सम्बन्ध नरहेकोले रविलाई यसमा जोड्न नहुने उनीहरूको तर्क छ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading