ताजा खवरहरु:

मलेसियामा बढ्यो ‘ह्युमन मेटान्युमो’ भाइरस संक्रमितको संख्या

२०२४ को डिसेम्बरको अन्त्यमा चीनमा शुरु भयो प्रकोप

मिलन दाहाल

६ जनवरी २०२५, मलेसिया- सन् २०२४ को अन्त्यतिर चीनबाट शुरुभएको ‘ह्युमन मेटान्युमो’ भाइरसको संक्रमण प्रकोप मलेसियामा पनि फैलिएपछी त्यहाँको स्वास्थ मन्त्रालयले  लगातार साबुनपानीले हात धुने, फेस मास्क लगाउने, खोक्दा वा हाच्छ्यु गर्दा नाक मुख छोप्ने लगायतका नियन्त्रणका उपायहरु आपनाउन सर्वसाधारणलाई सुधाएको छ ।

ईन्फ्लुएन्जा, माइक्रोप्लाज्मा, कोभिड-१९ तथा ‘ह्युमन मेटान्युमो’ लगायतका श्वासप्रश्वासका रोहरुका कारण चीनका अस्पतालहरु अहिले बिरामीहरुले भरिभराउ रहेका छन । सामाजिक सञ्जाल तथा समाचारहरुमा चीनका कतिपय ठाँउका अस्पतालहरु धान्ने नसक्ने गरि व्यस्त रहेको समाचार आइरहँदापनि चीन सरकार र विश्व स्वास्थ संगठनले अहिलेसम्म कुनैपनि क्षेत्रलाई आपतकालिन घोषणा गरेका छैनन ।

ह्युमन मेटाभाइरस’ कोभिडजस्तो नयाँ रोग भने होइन । सन २००१ मा पहिलोपटा ह्युमन मेटा भाइरस मानिसमा पाईएको थियो ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading