लामिछाने विरुद्द निरिह बन्दै सरकार, बहस गर्न पठायो महान्यायधिवक्ताका २ उच्च अधिकारी
आरोपीको अदालतमै आत्मदाह गर्ने अभिव्यक्ति
मिलन दाहाल
१ जनावरी २०२५, पोखरा- रातारात कांग्रेससँग सहकार्य गरि प्रचण्ड नेतृत्वको सरकार ढलाई आफ्नै नेतृत्वको सरकार बनाई, रबि लामिछानेलाई सहकारी ठगि प्रकरणमा समाएर, त्यतिमात्र कारणले मुद्दा बलियो नहुने देखेपछी संगठित अपराध र सम्पत्ति सुद्दिकरणको समेत मुद्दा लगाएको केपी ओली सरकार पछिल्लो समय निरिह बन्दै गएको आंकलन गर्न थालिएको छ । मुद्दा प्रहरीको हातमा हुञ्जेल सरकारको प्रभाव रहने भएपनि अदालतसम्म पुगेपछी सरकारको प्रभाव कम हुन जान्छ र तथ्य र प्रमाणका आधारमा अदालतले अन्तिम निर्णय गर्छ । सुर्य थापाको संयोजकत्वमा गठित संसदिय छानबिन समितिले लामिछानेको कुनै पनि सहकारीमा खाता नरहेको तथा सहकारीबाट आफ्ना लागी रकम समेत निकालेको प्रमाण भेट्न सकेन । त्यसपछी, ‘सरकारले गोरखा मिडिया प्रा. ली. मा एम डी रहेका बेलामा अवैधानिक तवरबाट आएको पैसा खर्च गरेको’ कारण देखाएर सहकारी ठगिमा मुद्दा चलाएको थियो । लामिछाने रकम अपचलनमा कतैबाट पनि सम्बन्धित नभेटिएपछी सोही मुद्दामात्र लिएर जाँदा मुद्दा कमजोर हुने देखेपछी सरकार संगठित अपराध र सम्पत्ति सुद्दिकरणको छिद्रबाट छिरेर मु्द्दालाई बलियो बनाउन आफ्नो सम्पुर्ण शक्ति केन्द्रित गरेको छ ।
त्यसो त कास्की जिल्ला अदालतमा मंगलबार वयान भइरँहदा पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा हिरासतमा रहेका ८० बर्षीय पूर्व बेलायती सेना रहेका कृष्णबहादुर गुरुङ्ले आफु निर्दोस रहेको र फसाइए अदालतको हाताभित्रै आत्मदाहको अभिब्यक्ति दिएपछी न्यायधीसले कारबाही स्थागीत गर्नुपरेको थियो ।
सामान्यतया सरकारी वकिलको कार्यलयका वकिलहरुले नै यस्ता खाले मुद्दामा बहस गरि किनारा लगाउने प्रचलन रहिआएको छ । तर ओली सरकारले कास्की जिल्ला अदालतमा बहसका लागी महान्यायधिबक्ता कार्यालका दुइ बरिष्ठ कर्मचारीलाई बहसका लागी खटाएपछी, सरकारको मनोबल घटेको आंकलन न्यायकर्मीहरुले गर्न थालेका छन । प्रहरीले अनुसन्धान शुरु गरेपछी शुरुका दिनमा निकै आक्रामक देखिएको सरकारको पछिल्ला गतिबिधीले सरकार प्रतिरक्षात्मक बन्दैगरेको आभाष हुन्छ । लामिछानेले एकातिर अदालतमा इन्कारी बयान दिईरहेका छन भने पहिले लामीछानेदेखी टाढा रहेका प्रभावकारी राजनितिज्ञहरुले समेत पछिल्लालो समयमा मीछानेको पक्षमा अभिब्यक्ति दिन थालेपछी सरकार थप संसकित बनिरहेको छ । लामिछानेले ओलीको गिरीबन्धु र देउवापत्नी मुछिएको भुटानी शरणार्थी काण्डबारेको फाइल खोल्न थालेपछी ओली-देउवाले रातारात सहमति गरेको बताइरँहदा प्रधानमन्त्रि रहेका केपी ओलीले राजा ज्ञानेन्द्रले जस्तै रवि-प्रचण्डले आफुहरुलाई जेल हाल्न खोजेको अभिव्यक्ति दिएपछी पहिला लामिछानेको अभिव्याक्तिमाथी आंशका गर्नेहरुपनि उनको भनाईप्रति सकारात्मक देखिन थालेका छन । प्रकाउ पर्नासाथ हिरासत छल्न बिरामी भएको बहाना गरि अत्पताल भर्ना हुनेहरुको सिलसिलालाई क्रमभंग गरेका लामिछानेले आफ्नो सबैभन्दा कठिन घडीमा समेत स्वभिमान नगुमाएको भन्दै उनको चर्चा सर्वत्र भैरहेको छ। सरकारले पक्रिएपछी लामिछानेको गिर्दो क्रममा रहेको शाख ह्वात्तै चुलिएको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस